११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बन्द हडताल स्वीकार्य हुँदैन : वाइसिएल

अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले एकाधिकार कायम गर्न पाउनु पर्ने मागसहित यातायात बन्दमा उत्रिएका समितिको रुट परमिट खारेज गर्न माग गरेको छ ।

वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुबोधराज शेर्पालीले आज एक संयुक्त विज्ञप्ति प्रकाशित गरी एकाधिकार अन्त्य गर्ने सरकारको घोषणमा सहयोग गर्न आग्रह गरे ।

तीव्र आर्थिक विकास र समृद्धिको सपनासहित अघि बढिरहेको मुलुकका लागि कुनै पनि प्रकारको बन्द तथा हडताल स्वीकार्य हुन नसक्ने वाइसिएलले जनाएको छ ।

यातायात क्षेत्रमा सञ्चाचिल सेवा समितिको सिन्डिकेटविरुद्ध सरकारले चालेको कदम रोक्न आयोजित यातायात बन्द असफल बनाउन सबै किसिमका सवारी सञ्चालन गरेर यात्रामा सहयोग गर्न सवारी चालक तथा धनीलाई वाइसिएलले आग्रह गरेको छ ।

वाइसिएलले ग्यारेजमा थन्क्याइएका गाडी सञ्चालनमा ल्याउन र नमान्नेमाथि कारवाही गर्नसमेत सरकारसँग माग गरेको छ । आफूसँग भएका सवारी साधन परिचालन गरी स्वयंसेवा भावनाका साथ सहयोग गर्न पनि वाइसिएलले आग्रह गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस