११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिदा पुनरावलोकन गर्न माग

अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आदिवासी जनजाति महासंघसँग आबद्ध प्रतिनिधिले सरकारले हटाएका पर्वका बिदा पुनरावलोकनको पहल गरिदिन माग गरेका छन् ।

अध्यक्ष दाहालको निवास खुमलटारमा आज बिहान भेट गर्दै उनीहरुले सांस्कृतिक पर्वहरुमा पाउँदै आएको बिदा कटौती भएको भन्दै पुनरावलोकनको माग गरेका हुन् ।

अध्यक्ष दाहालले सम्बद्ध समुदायसँग छलफल गरेर बिदा कटौती गर्न सकिएको भए राम्रो हुने भन्दै पुनरावलोकनका लागि पहल गर्ने बताएका थिए । उनले धेरै बिदा भएको भन्ने चर्चा भइरहँदा सरकारले बिदा घटाउने प्रयास गरेको हुनसक्ने बताउँदै सम्बन्धित समुदायसँग छलफल नगर्दा समस्या भएको बताएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर बिदाका बारेमा टुंगो लगाउने बताउनुभएको भेटमा सहभागी आदिवासी जनजाति नेता परशुराम तामाङले जानकारी दिए । अध्यक्ष दाहालले आदिवासी जनजातिका मुद्दा माओवादी आन्दोलनसँग पनि जोडिएको विषय भएको भन्दै यसमा आफ्नो सकारात्मक सहयोग हुने विश्वास दिलाए ।

भेटमा सहभागी आदिवासी जनजातिका प्रतिनिधिले पर्व बिदा आदिवासी जनजातिको आन्दोलनको उपलब्धि भएको भन्दै सरकारले कुनै सरसल्लाह बिना नै बिदा कटौती गरेको गुनासो गरेका थिए ।

त्यसैगरी आदिवासी जनजाति उत्थान प्रतिष्ठानलाई निष्क्रिय बनाएको, गुम्बा विकासमा बजेट नदिएको, दुर्गम क्षेत्र विकास समितिलाई खारेजीको प्रक्रियामा लगेको, प्रदेशको नामाङ्कनमा पहिचान छुटाएको लगायतका गुनासो अध्यक्ष दाहालसमक्ष राखेको तामाङले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस