२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दलित साहित्य सोपनद्वारा रचना वाचन सम्पन्न

अ+ अ-

धनगढी । दलित साहित्य सोपनले २५६२ औं बुद्ध जयन्ती, १२९औं मे दिवसको अवसरमा धनगढीमा रचना वाचन कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा विभिन्न श्रष्टाले बुद्धको गाथा बोकेका र मञ्जदुरका पीडा समेटिएका रचना बाचन गरेका छन् । कार्यक्रममा सांसद टेक बहादुर रैकाले अब धर्मको र वेद भित्र रहेको लोक कल्याण्कारी र समानताको वास्तविकता इमान्दारिता पूर्वक नयाँ ढंगबाट व्याख्या हुन आवश्यक रहेको बताए । श्रमको सम्मान हुनुपर्ने, श्रमिकको सामाजिक सुरक्षाको ग्यारेण्टी राज्यले गर्नुपर्ने भन्दै सामाजिक न्यायका सवालमा बुद्धले संसारमा पहिलो पटक छुवाछुत अन्तका लागि अभियान चलाको रैकाले बताए ।

साहित्यकार डा. पुष्कर राज भट्टले बिगतमा स्रस्टाहरुको अभाव देखिन्थ्यो तर आजभोली नयाँ प्रतिभा धेरै अगाडि आइरहेका भन्दै खुशी व्यक्त गरे । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेस नं. ७ संयोजक सुरत रावत ‘डोटेली कान्छा’ले परिवर्तन हरेकले आफैबाट सुरु गर्नुपर्ने बताए ।

प्रगतिशिल लेखक संघका केन्द्रीय सदस्य कवि जनक रसिकले सामाजिक र पहिचानका मुद्दा पनि साहित्य मार्फत सशक्त उठ्नु पर्ने बताए । अझैं धर्म र इश्वरका नाममा देखिने जातिय बिभेदले हाम्रो समाजको सांस्कृतिक र सामाजिक अवस्थाको कुरुप चित्रण गर्ने उनले बताए ।

कार्यक्रममा उदास प्रतीक, निराशा सनम, तोयनाथ भट्ट, युगिन विवेक, सागर कुश्मी, अर्जुन वसन्त, पुष्पा जोशी, सुभाष शाश्वत, डिल्लीराज ओझा ‘समर्पण’, वसन्त बिके, मीन बाब्ली मिलन, सिर्जना सुनार, तीर्थराज भट्ट, निर्दोष महता, संदेश ढुंगाना लगायतले रचना बाचन गरेका थिए ।

नेपाल शिक्षक संघ धनगढीका अध्यक्ष नवराज ओझा, लोक गायक दल बहादुर बोगटी, सोपानका महासचिब तेज पुरुष, बि एस पार्कि, चक्र बहादुर नेपाली लगायतले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रम सोपनका सभापति गणेश नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस