राजविराज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका– ३ मा ट्रकमा मोटरसाइकल ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीयवासी मोटरसाइकल चालक २५ वर्षीय मनोज चौधरी रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स२प ५७८६ नं को मोटरसाइकल सडकमा रहेको ट्रकमा ठोक्किएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । रासस