११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सवारी दुर्घटना दुईजनाको मृत्यु

अ+ अ-

इटहरी । झापाको भद्रपुरबाट काठमाडौंतिर आउँदै गरेको बा४ख ६९१९ नंको माइक्रो बस आज बिहान मोरङ जिल्लाको सुन्दरहरैचा–७ ठडिया चोकमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु १० यात्रु घाइते भएका छन् ।

तीव्र गतिमा रहेको माइक्रोबस अनियन्त्रित भई ठडियाचोक नजिक रहेको सडक किनारको रुखमा ठक्कर लाग्दा सोही माइक्रो बसमा यात्रारत झापा भद्रपुर–१५ की ५१ वर्षीया उमा निरौला र सोही ठाउँकी ५२ वर्षीया श्याम कार्कीको उपचारका लागि विराटनगरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले बताए ।

दुर्घटनामा परी घाइते भएका माइक्रो चालक झापा दमक–५ का धीरज न्यौपाने र सहचालक धनुषाका दीपक पाण्डे, यात्रीहरु दमक–९ की नरमाया तामाङ, भद्रपुरकी सावित्री राई, मञ्जु तामाङ, नारायण वैद्य, प्रकाश कोइराला दमक–८ की विमला मैनाली बिर्तामोड–८ की पुण्यकुमारी विष्ट काठमाडौं गोठाटारकी पुनम लामालगायतका अन्य घाइतेको विराटनगरको गोल्डेन अस्पतालमा उपचारार्थ पु-याइएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

घाइतेमध्ये केहीलाई, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र इटहरीको सामुदायिक अस्पतालमा उपचारार्थ पु-याइएको पनि ट्राफिक प्रहरीले बताएको छ । घाइतेको अवस्था सामान्य रहेको जनाइएको छ ।

तीव्र गति र पानी परिरहेको समयमा भएको दुर्घटनाका घाइतेलाई उद्धार गरी उपचार भइरहेको र केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ । मृतकको शव विराटनगरको गोल्डेन अस्पतालमा रहेको पनि ट्राफिक प्रहरीले जानकारी दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस