१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देवताका पुजारीले भत्कायो छाउगोठ

अ+ अ-

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–३ पीपल गाउँस्थित दह घटाल देवताका पुजारी रामबहादुर खड्काले छाउगोठ भत्काएका छन्।

धार्मिक आस्था र विश्वासलाई बढावा दिने पुजारीले नै छाउगोठ भत्काएका हुन् । छाउगोठ भत्काएपछि खड्काको श्रीमती छोरी र बुहारी छाउ भएका बखत पनि एकै घरमै बस्न थालेका छन् । छाउ कुप्रथाविरुद्धको अभियानमा साथ दिन छाउगोठ भत्काएर घरमै बसाउने गरेको खड्काको भनाइ छ । वडा कार्यालय र संघसंस्थाले दबाब दिएकाले भत्काउन बाध्य भएको खड्काले बताए ।

नजिकै देवताको मन्दिर र घरमै पनि देवता राखिएकाले शुरुमा डर लाग्यो तर सबैतिरबाट दबाब आउन थालेपछि एक्लै बाधक भएर बस्नु उचित होइन भनेर आफैँले भत्काएको पुजारी खड्को भनाइ छ ।  पीपलगाउँमा सात परिवार बस्छन् । गाउँको साझा छाउगोठ भत्काएपछि सबैजना घरमै बस्न थालेका हुन् । खान पकाउन र देवताको नजिक जान भने नदिएको उनले बताए ।

सफा सुग्धर भएमा केही हुँदैन भन्ने थाहा पाएपछि वडा कार्यालय, निगरानी समूह, महिला समूह सहित सबैले गोठ भत्काउन संयुक्त आन्दोलन गर्ने बताएपछि वडाका सबै छाउगोठ भत्काइएको वडा सदस्य विमला खड्काको भनाइ छ । छाउगोठ धामी, झाँक्री र पुजारी भएको घरमा बढी देखिएको पिसविन आस्था परियोजनाका अधिकृत तुलाराम जैशी बताउँछन् । पुजारी स्वयंले गोठ भत्काएर घरमा बसाउन तयार भएपछि स्थानीयवासी पनि त्यसै गर्न मञ्जुर भएका छन् ।

महिनावारी भएको बेला काम गर्नसमेत जान नपाइने अवस्थामा पनि सुधार आएको नगर उपप्रमुख कविता विष्टले जानकारी दिइन् । नगरपालिकाका नौवटै वडामा महिलासँग उपप्रमुख कार्यक्रमले छाउ, बाल विवाहलगायतका सामाजिक कुप्रथाको विरुद्धमा सचेतनामुलक अभियान सञ्चालन भइरहेको छ ।

धामीझाँक्री पुजारी तथा ब्राह्मण सबैलाई एकैठाउँ राख्ने, गोठ भत्काउन लगाउने र छाउजस्ता कुप्रथा नमान्न शपथ गराउने गरिएको छ । आजै छाउगोठको अवस्थाबारे नगरपालिकास्तरीय संयन्त्रले अनुगमन गरेको छ । छाउगोठको अवस्था, स्थानीयवासीको धारणा र महिला सुरक्षाबारे जानकारी लिन सर्वपक्षीय संयन्त्रबाट अनुगमन गरिएको हो ।

नगर उपप्रमुख विष्टको नेतृत्वमा रहेको टोलीले गोठ भत्काइएपछि महिनावारी भएका महिला बस्ने स्थान र गोठको अवस्थाबारे शुक्रबार जानकारी लिएको छ । गोठ देखावटी रुपमा भत्काउने र अवस्था पुरानै देखिए नगरपालिका र वडा कार्यालयले दिने सुविधा रोक्ने निर्णय गरेको छ । शुक्रबार अनुगमनका क्रममा महिला, सासू–ससुरा, धामीझाँक्री, पुजारीलगायतका व्यक्तिसँग प्रत्यक्ष छलफल तथा अन्तक्र्रिया गरिएको टोलीमा सहभागी सहास नेपालका कार्यक्रम संयोजक रामबहादुर खत्रीले बताए ।

टोलीमा नगर उपप्रमुख विष्ट, वडाध्यक्ष वीरबहादुर रावलसहित वडा सदस्य, सरोकारवाला निकायका प्रतिनिधि, स्थानीय धामीसहितको सहभागिता थियो ।

वडाका धामीझाँक्रीलाई अभिमुखीकरण

बडीमालिका नगरपालिका–३ का वडामा रहेका विभिन्न देवताका धामीझाँक्री र पुजारीका लागि शनिबार अभिमुखीकरण गोष्ठी आयोजना गरियो ।

नगरपालिका–३ का स्थानीय धामीझाँक्री, पुजारी र पुरोहितहरु छाउपडी प्रथाको विभेद हटाउन लाग्ने प्रतिबद्धता जनाएका छन् । बडीमालिका नगरपालिका महिलासँग उपप्रमुख कार्यक्रमको वडास्तरीय धामीझाँक्रीसँगको एकदिने अभिमुखीकरण कार्यक्रममा उनीहरुले छाउपडी गोठ मुक्त अभियानलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

वडामा भएका छाउगोठलाई अन्त्य गर्दैै छाउ भएका महिलालाई घरभित्र राख्न सहमत भएको धामी बलबहादुर रावलले बताए ।उना अनुसार छाउ हुनु कुनै पाप नभएकाले सरसफाइ भएर घरभित्र बस्दा कुनै समस्या नहुने हुँदा आगामी दिनमा छाउ भएका महिलालाई गोठमा नराख्ने बचन दिए ।

वडामा रहेका प्रत्येक टोलमा छाउगोठ निर्माण गरिएकाको वडाको निगरानी समूह र वडाका महिला, धामीझाँक्री र वडा कार्यालयको सक्रियतामा भत्काएर वडालाई स्थानीय तहको पहिलो छाउपडी गोठमुक्त घोषणा अभियानलाई सहयोग गर्ने धामी जयलाल ल्वारले बताए।

वडामा छाउगोठ भएको पाइएमा वडा कार्यालयबाट दिने सेवा सुविधा, नागरिकता, जन्मदर्ता, सिफारिसलगायतका सुविधा रोक्ने वडाध्यक्ष वीरबहादुर रावलको भनाइ छ ।

२० गते घोषणाको तयारी

बडिमालिका नगरपालिका–३ रजालीलाई यही वैशाख २० गते छाउपडी गोठ मुक्त वडा घोषणा गरिने भएको छ । गाउँमा भएका सबै छाउगोठ भत्काएर स्थानीय घरमै बस्न थालेपछि यो घोषणा गर्न लागिएको हो ।

बडिमालिका–३ रजालीलाई नगरपालिकाकै पहिलो वडाका रुपमा घोषणा गर्न लागिएको नगरउपप्रमुख विष्टले जानकारी दिए । नगरपालिका र वडा कार्यालयको अगुवाइ पिसविन आस्था कार्यक्रम र सहयोगी हातहरुको समूह सहास नेपालको सहजीकरणमा सो घोषणा गर्न लागिएको विष्टको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस