३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवाले लिन मानेनन हारको जिम्मा, कांग्रेस बैठक बस्नै सकेन

अ+ अ-

काठमाडौँ । सभापति शेरबहादुर देउवाले निर्वाचनमा पराजयको जिम्मेवारी लिन अस्वीकार गरेपछि नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठक शनिबार बस्न सकेन ।

पार्टीको हारको जिम्मेवारी कसले लिने भन्नेबारे विवाद चर्किएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको औपचारिक बैठक शनिबार बस्न नसकेको हो ।

एक महिनादेखि जारी बैठकमा सभापति देउवाको रवैयाका कारण चुनावमा हार्नुपरेको बताउँदै त्यसको जिम्मेवारी र दोष सभापति देउवाले लिनुपर्ने बताएका थिए ।

बिहान ९ बजेका लागि बोलाइएको बैठक पार्टीको आन्तरिक तयारी भन्दै राति ८ बजेसम्म पनि बस्न नसकेको हो । केन्द्रीय समितिको अनौपचारिक बैठक जारी रहेको अवस्थामा बैठकका क्रममा उठेका विषयवस्तुलाई सम्बोधन गर्नेबारे शीर्ष नेता परामर्शमा जुटेका छन् ।

पार्टीका आन्तरिक विषयको सम्बोधन र आगामी कार्यक्रम तय गर्नका लागि केन्द्रीय समितिको अनौपचारिक बैठक बसिरहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

शनिबारको बैठकमा महामन्त्री शशांक कोइरालाले चुनावी समीक्षा र आगामी कार्यक्रमसहित लिखित प्रस्ताव पेश गर्ने र सभापति शेरबहादुर देउवाले जवाफ दिएपछि बैठक सक्ने कांग्रेसको तयारी थियो ।

चुनावी समीक्षाका लागि यही ९ गतदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताबीच चुनावी हार र नेतृत्वबारे जुहारी चल्दै आएको छ ।

युवा नेता गगन थापा, प्रदीप पौडेलसहितका युवा नेताले चुनावी हारको जिम्मा सभापतिले लिनुपर्ने धारणा बाहिर ल्याएका छन् । अर्कातिर देउवा पक्षका नेताहरुले नेतृत्वको बचाउ गर्दै हारको जिम्मेवारी सबैले लिनुपर्ने बताएका छन् । यो खबर हामीले आजको अन्नपुर्ण पोष्टबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस