११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटखोलावासीलाई बैंकिङ कारोबार गर्न पाँच दिन पैदल

अ+ अ-

संखुवासभा । भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटे बैंकिङ कारोबार गर्न पाँच दिन हिँडेर सदरमुकाम खाँदबारी झरे ।

गाउँपालिकाले छनोट गरेको योजनाको सम्झौता र बैंक खाता खोल्न उपभोक्ता समितिसहित तेम्बा खाँदबारी आएका हुन्। नजिकमा बैंक नहुँदा भोटखोलावासी पाँच दिन पैदल हिँडेर सदरमुकाम झर्छन् । बैंक अभाबका कारण यहाँका अधिकांश गाउँ र नगरपालिकामा आर्थिक कारोबार गर्न मुस्किल भएको र आर्थिक कारोबारका लागि सदरमुकाम खाँदबारीमै पुग्नु पर्दा कर्मचारीले असुरक्षित महसुस गर्ने गरेको उनले बताए ।

बैंक पठाइदिनु प¥यो भनेर पटकपटक माग गरेका छौँ, अध्यक्ष तेम्बाले भने, सुनुवाइ भएको छैन, कारोबार गर्न नजिक बैंक नभएकाले काम कारबाहीमा बाधा उत्पन्न भएको छ । नगद रकम बोक्दा असुरक्षित हुने खतरा छ, उनले भने भोटखोलाका पाँच गाउँमा सामान्य काम चलाउन पनि उधारो र ऐचोपैंचो गर्नुपर्ने अवस्था छ ।

किमाथांकाबाट हिँडेको पाँच दिनमा मात्रै सदरमुकाम खाँदबारी आउन सकिन्छ , उनले भने, १० स्थानीय तहमध्ये खाँदबारी, पाँचखपन नगरपालिका र मकालु गाउँपालिकाबाहेक सात तहमा बैंक छैनन् । बैंक नहुँदा संखुवासभाका दुर्गममा रहेका गाउँपालिकाको समस्या झन विकराल देखिएको छ ।

सदरमुकामसँगै जोडिएको चिचिला गाउँपालिकामा पनि बैंक नहुँदा सदरमुकाम आउनुको विकल्प छैन । गाउँपालिका अध्यक्ष पासाङनुर्वु शेर्पा बैंक नजिक नभएकाले सदरमुकामसम्म आएर कारोबार गर्न सुरक्षाका साथै चुनौती पनि रहेको बताउँछन् । चिचिलाबाट पनि खाँदबारीसम्म आएर कारोबार गर्न तीन घण्टा लाग्छ ।

तीबाहेक सिलिचोङ, सभापोखरी गाउँपालिका, मादी र धर्मदेवी नगरपालिकाबाट ससानो आर्थिक कारोबार गर्न बैंक खोज्दै सदरमुकाम र व्यापारिक केन्द्र चैनपुरसम्म आउनुपर्ने अवस्था छ । कारोबार गर्नु अघि कोष तथा लेखा नियन्त्रणबाट स्वीकृति लिन पनि सदरमुकाममै आउनुपर्ने बाध्यता रहेको गुनासो गर्दै स्थानीय पासाङनुर्बूले भने, सामाजिक सुरक्षा भत्ता वितरण गर्दा नगदै घरघरमा पु¥याउनु पर्ने भएकाले सबैभन्दा सुरक्षा चुनौती त्यसबेला व्यहोर्नु पर्ने अवस्था छ भने कर्मचारीलाई काम गर्दा सुरक्षित महसुस गराउन नसके गाउँपालिकाबाट हुने नियमित विकास कार्यमा समेत कठिनाइ हुने गरेको उनले बताए ।

अरुणपारिको सबैभन्दा टाढा रहेको सिलिचोङ गाउँपालिका र भोटखोला गाउँपालिकालाई आर्थिक कारोबार गर्न मुख्य चुनौती देखिएको छ, अध्यक्ष तेम्बाले भने, यी क्षेत्रमा नियमित यातायातको साधन चल्दैनन्, हिँडेरै जानुपर्छ, सडक खनिएका छैनन् ।

सदरमुकामबाट दुर्गम भएकाले यहाँ बैंकलाई आवश्यक पर्ने सुरक्षित र पक्की घरसमेत अभाव भएको उनले बताए। सदरमुकाम र आसपासका क्षेत्रमा मात्रै इन्टरनेटको सुविधा भएकाले गाउँमा बैक गइहाले पनि कारोबारमा समस्या हुने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार सबै स्थानीय तहमा बैंक पठाउने निर्णयअनुसार सबै तहमा विभिन्न बैंकलाई शाखा विस्तार गर्न सहुलियत दिएर राष्ट्र बैंकले परिपत्र गरिसकेको छ तर सञ्चार, भौगोलिक, सुरक्षालगायतका चुनौती रहेको दाबी गर्दै अझैसम्म ती बैंकले गाउँ तहमा शाखा विस्तार गरेका छैनन् ।

बैंकलाई गाउँ जान सुरक्षाको अवस्थाले कुनै समस्या हुँदैन, उनले भने, तोकिएका स्थानीय तहमा बैंक गएर सेवा दिनै पर्छ । गाउँ तहसम्म पुग्न नसकेका अधिकांश बैंकले इन्टरनेट, सुरक्षा, यातायातको पहुँच नभएको जनाएका छन् ।

राष्ट्र बैंकले ग्लोबल आइएमईलाई भोटखोला गाउँपालिका, प्राइमलाई सभापोखरी गाउँपालिका, एभरेष्टलाई सिलिचुङ गाउँपालिका, मादी नगरपालिकामा हिमालय, धर्मदेवी नगरपालिकामा एसबीआई बैंकलाई शाखा विस्तार गर्न अनुमति दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस