३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सस्तो लोकप्रियताको लागि क्षेत्राधिकार मिचेर छड्के

अ+ अ-

काठमाडौं । स्थानीय तहमा बग्रेल्ती बेथिती छन्। कर्मचारी समायोजन प्रक्रिया टुंगिएको छैन। निजामतीको संघीय, प्रदेश ऐन बनाउनु पर्ने काम पनि थाँती नै छ। प्रदेश र स्थानीय सरकारमा खटाएका कर्मचारी कार्यक्षेत्रमा पुगेका छैनन्।

अहिलेका २२ मन्त्रालय मध्ये सबैभन्दा बढि काम गर्नुपर्ने जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको छ। तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित आफ्नो मन्त्रालय सुधारका काम छाडेर ‘सस्तो लोकप्रियता’को लागि क्षेत्राधिकार मिचेर छड्के अुनगमनमा निस्किएका छन्।

मन्त्री पण्डित आइतबार क्षेत्राधिकार बाहिर कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय माताहतको मालपोत कार्यालय डिल्लिबजारमा छड्के गरे। त्यहाँ पुगेर कर्मचारीको हाजिरी ढड्डा हेरे। मन्त्री पण्डितले छड्के गरेपछि आइतबार दिनभर उनको पक्ष र विपक्षमा टिकाटिप्पणी भए।

मन्त्री आफ्नो विभागीय जिम्मेवारी भन्दा बाहिर अन्य मन्त्रालय माताहतका कार्यालयमा गएर अनुगमन गर्न मिल्छकी मिल्दैन त ?

पूर्व प्रशासक श्याम मैनाली भन्छन्, ‘अन्य मन्त्रालय माताहतका निकाय गएर छड्के गर्नु अनाधिकृत काम हो।’ सामान्य प्रशासन मन्त्री भए पनि पण्डितले अर्काको क्षेत्राधिकारमा हस्तक्षेप गर्न नहुने मैनालीले बताए।

‘मन्त्रीले पनि अनाधिकृत काम गर्न पाइँदैन,’ पूर्व सचिवसमेत रहेका मैनालीले भने, ‘मन्त्रीले आफ्नो मेसिनरी (सचिव) मार्फत निर्देशन दिने हो।’ मन्त्री कार्यालय जाने नभई नीति, योजना र कार्यक्रम बनाएर कार्यान्वयन गर्ने भएको मैनालीले बताए। ‘वहाँ सामान्य प्रशासन मन्त्री भए पनि अन्य मन्त्रालयका कर्मचारीको छड्के गर्न मिल्दैन,’ मैनालीले भने, ‘कर्मचारीको नीति, निर्माण तहमा काम गर्ने हो।’ जिम्मेवारी विभाजनकै लागि मन्त्रिपरिषद्ले कार्य विभाजन नियमावली बनाएको पनि उनले स्पष्ट पारे। ‘वहाँ(लालबाबु ज्यू) प्रधानमन्त्री त होइन,’ मैनालीले भने, ‘प्रधानमन्त्री मात्र अन्य मन्त्रालय हेर्न पाउनु हुन्छ । तर, वहाँ(प्रधानमन्त्री)ले पनि सचिवमार्फत नै कारबाही गर्ने हो।’

मन्त्रीहरुले लोकप्रियताको लागि कार्यकारी अधिकारको अभ्यास गर्ने प्रचलन बढेको उनले बताए। ‘प्रशासनीक, आर्थिक, व्यवस्थापन लगायतका कार्यकारी काम मन्त्रीले सविचमार्फत गराउने हो,’ मैनालीले भने, ‘भद्रगोल ढंगले अघि बढ्नु हुँदैन।’

डेनमार्क, भारत लगायतका मुलुकमा राजनीतिक नेतृत्वलाई प्रशिक्षण दिने प्रचलन भए पनि नेपालमा यस्तो अभ्यास नहुँदा समस्या हुने गरेको बताए। सबैभन्दा कम भ्रष्टाचार हुने डेनमार्कमा मन्त्री भ्रमणमा जाँदासमेत औचित्य पुष्टी गर्नुपर्ने दृष्टान्त दिए। ‘सुशासन कायम भएका मुलुकमा मन्त्रीहरुले पपुलारिजम्को लागि यस्तो गर्दैनन्,’ उनले भने, ‘यस्ता विकृतिलाई रोक्नुपर्छ।’ यो खबर आजको नागरिक दैनिकबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस