३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विमानस्थलमा रनवे टालटुलका लागि साढे आठ करोड !

अ+ अ-

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घन्टा सञ्चालन गर्न रन वे मर्मतका लागि साढे आठ करोड रुपैयाँ विनियोजन गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारको अध्यक्षतामा एक साताअघि बसेको क्यानको बोर्ड बैठकले आठ करोड ५० लाख रुपैयाँ बजेट स्वीकृति गरेको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए।

त्रिभुवन विमानस्थल २१ घन्टा सञ्चालनका लागि रन वे तत्काल सुधार गर्नुपर्ने ठहर गर्दै रकम विनियोजन गरिएको गौतम बताउँछन्। ‘विमानस्थल इन्जिनियरिङ महाशाखालाई ‘रन वे’ को अति संवेदनशील ठाउँको पहिचान गरी त्यस्ता ठाउँको मर्मत तथा सुधार गर्न बोर्ड बैठकले निर्देशन दिएको छ’, महानिर्देशक गौतमले भने, ‘ विमानस्थलको रन वे मर्मतमा रकम अभाव भएको गुनासो आएपछि आवश्यक बजेट विनियोजन गरेका हौं।’ विमानस्थलको बढ्दो ट्राफिक जाम न्यूनीकरण गर्न मन्त्री अधिकारीले २१ घन्टा विमानस्थल सञ्चालन गर्ने घोषणा गरेको थिए।

‘बोर्डले विनियोजन गरेको रकम नियमित भइरहेको मर्मतभन्दा पनि अति संवेदनशील ठाउँको पहिचान गरी सुधारका लागि हो’, गौतमले भने। तर, विमानस्थल इन्जिनियरिङ माहाशाखाले भने २१ घन्टा विमानस्थल सञ्चालन गर्न असहज रहेको बताउँदै आएको छ। माहाशाखाका अनुसार रन वे मर्मतका लागि अहिले दैनिक राति साढे १ बजेदेखि विहान साढे ५ बजेसम्म काम गर्नुपर्ने अवस्था छ।

झन्डै पाँच घन्टाभन्दा बढी रन वे मर्मतको काम गर्नुपर्ने अवस्थामा २१ घन्टा विमानस्थल सञ्चालन गर्न असम्भव रहेको माहाशाखाको ठहर छ। प्राधिकरणले भने रनवेमा देखिएका समस्याका कारण कहिले, कति सयम, कति जहाज आकाशमा होल्डिङ गर्नु परेको छ त्यसको विवरण पेस गर्ने समेत माहाशाखालाई निर्देशन दिएको छ। मन्त्रीले २१ घन्टा नै विमानस्थल सञ्चालन गर्ने भने पनि तत्कालको अवस्थामा २१ घन्टाको नै तालिका आउने हैन।

समर स्लट (उडान तालिका) स्वीकृति भइसकेको छ। अब जाडो समयको उडान तालिमा केही हेरफेर हुने हो। फेरि, हामीले २१ घन्टा नै विमानस्थल सञ्चालन गछौं भन्ने वित्तिकै नयाँ एयरलाइन्स कम्पनी आइहाल्ने अवस्था छैन।

अहिले मौसम खराबीका कारण भइरहेका केही उडानलाई ढिलासम्म अवतरण तथा उडान गर्न दिने हो। मन्त्रीको २१ घन्टा विमानस्थल सञ्चालन गर्ने कार्यायोजनाले नियमित भइरहेको विमानस्थलको रवे मर्मतमा समस्या नपर्ने गौतमको दाबी छ।

दुई प्रस्तावले मन्त्रिपरिषद्मा प्रवेश नै पाएननसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको सिफारिसमा मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेका दुई प्रस्ताव फिर्ता आएका छन्। मन्त्रालयले नागरिक उड्डयन ऐन २०७४ र नेपाल नागरिक उड्डयन प्राधिकरणको तीन अर्बभन्दा बढी बेरुजु मिलानका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजान खोजेको थियो। आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस