३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पण्डित आचार्यलाई गोली हान्ने को ?

अ+ अ-

विराटनगर । जतुवास्थित राजमजानकी मन्दिरमा सप्ताह श्रीमद्भागवत पुराण वाचन गर्न आएका पण्डित आचार्य श्रीनिवास गोली प्रहारबाट घाइते भएका छन्। मन्दिरमा नै बसेका उनलाई शौचालय गएका बेला शनिवार राति २ बजे गोली हानिएको थियो।

आइतबारबाट पुराण वाचन सुरु गनर्गे कार्यक्रम थियो। तर, शनिबार राति नै पण्डित आचार्यमाथि गोली प्रहार भएपछि पुराण वाचन रोकिएको छ। २६ वर्षीय आचार्यको दायाँ छातीको कुममुनिबाट गोली पार भएको प्रहरीले जनाएको छ।

उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ। छातीमा रहेका दुई गोली आइतबार नै अप्रेसन गरी निकालिएको अस्पतालले जनाएको छ। उनी खतरामुक्त रहेको चिकित्सकको भनाइ छ।

राति एक्कासि आएर गोली प्रहार गर्न सम्भव नभएकाले ढुकेर बसेर गोली प्रहार गरिएको हुन सक्ने प्रहरीको अनुमान छ। मोरङका प्रहरी प्रमुख एसपी अरुण विसीले गोली प्रहार रहस्यमय भएको बताए।

अस्पतालमा उपचार गराइरहेका पण्डित श्रीनिवासले होसमा आएपछि आफूलाई दुईजनाले तीन गोली हानेको बताएका छन्।

प्रहरीले आइतबार विराटनगरको जतुवाबाट राजनकुमार यादव र विनोद दासलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिररहेको जनाएको छ। गोली प्रहारको जिम्मा कुनै पनि संगठनले लिएको छैन।

प्रहरीले घटनास्थलमा हस्तलिखित पर्चा भेट्टाएको छ। पर्चामा पण्डित आचार्यले हिन्दूराज्य र राजसंस्था माग गरेको र अन्य धर्मावलम्बीलाई अवहेलना गरेको आरोप लगाइएको छ। आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस