३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धुल्याउन ठिक्क पारिएका नोट खल्तीमा हाल्ने राष्ट्र बैंकका कर्मचारीलाई सफाइ

अ+ अ-

काठमाडौं । नष्ट गर्न ठिक्क पारिएको नोट खल्तीमा हाल्ने कर्मचारीलाई फौजदारी अभियाग लगाउनुपर्नेमा आन्तरिक कारबाही गरी छाडिएको छ।

राष्ट्र बैंकले गठन गरेको छानबिन समितिले गम्भीर अपराध भएको ठहर गर्दै मुद्दा चलाउन सिफरिस गरेको थियो। तर, गभर्नर डा. चिरञ्जिवी नेपालले भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरेर छाडिदिएका छन्।

गत साउनमा धुल्याउन (नोट नष्ट गर्न) टेबलमा मिलाएर राखिएकामध्ये हजारका नोटको बिटा शाखा प्रबन्धकले गन्दा तीन नोट कम थिए। अपुग तीन हजार सम्बद्ध सहायक निर्देशक इन्द्रप्रसाद शर्मालाई तिराई नोट धुल्याइएको थियो।

जब कि टेबलमा नोटको थुप्रो नै थियो। शंका लागे पनि अरु बिटा गन्दै नगनी घटना थामथुम पारिएको थियो। तर, कर्मचारीमा चर्चा चलेपछि शाखा प्रबन्धकले सिसिक्यामेराको फुटेज हेरे।

कर्मचारीले नोटको बिटाबाट पैसा तान्ने मात्र होइन, बिटा नै खल्तीमा हालिरहेको भिडियो देखिएपछि थप अनुसन्धानका लागि केन्द्रीय कार्यालय पठाइएको थियो। पैसा खल्तीमा हाल्दै गरेका अवस्थामा देखिएका सहायक निर्देशक द्वय इन्द्रप्रसाद शर्मा र सुदिर पौडेल तथा कार्यालय सहयोगी मुनेश्वर डोमलाई फागुन १० बल्ल बर्खास्त गरिएको थियो। आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस