३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिन्डिकेट अन्त्यसँगै सस्तियो भाडादर

अ+ अ-

धुलिखेल–काठमाडौं चल्ने बसमा केही दिनअघिसम्म यात्रुले भाडादर थाहा पाउन कठिन थियो। यही मौका छोप्दै बस व्यवसायीले यात्रुपिच्छे मनलाग्दी बस भाडासमेत असुल्दै आएका थिए।

तर, बुधबार सरकारले सिन्डिकेट तोड्दै मयूरसहित अन्य बसलाई बनेपा पठाउन थालेपछि काभ्रे बस समितिले बिहीबारदेखि सबै बसमा भाडादर टाँस्न थालेको छ। ‘हामीले प्रत्येक बसमा भाडादर सूची टाँस्न अनिवार्य गरेका थियौं। तर, सहचालकहरूले मनलाग्दी भाडा लिँदा समस्या आएको हो,’ एक व्यवसायीले भने।

चैत १ गते बनेपा आउँदा मयूर यातायातले कोटेश्वर–काठमाडौंको ३५ रुपैयाँ भाडादर कायम गरेको थियो। तर, तीन सातासम्म भाडादरमा पुनर्विचार नगरेका व्यवसायीले बिहीबारबाट एक्कासि भाडा घटाएको सूचना बसमा टाँसेपछि यात्रु अचम्ममा परेका छन्।

‘हिजो साझा बस पनि आयो । अरू बस पनि आए, त्यही भएर होला बिहीबारदेखि यताका बसवालाले बनेपा–काठमाडौंको भाडा ३५ रुपैयाँ गरेका रहेछन्’, एक यात्रुले भने। यतिखेर काभ्रे बस व्यवसायी संघले बनेपा–काठमाडौं ४० रुपैयाँ, बनेपा–कोटेश्वर ३५ र बनेपा–सूर्यविनायक २० रुपैयाँ भाडादर कायम गरेको छ। मयूरको सरह भाडा लिन थाले पनि काभ्रेका समितिका बसले महिला, जेष्ठ नागरिक, अपांगलाई अझै प्राथमिकता दिएका छैनन्।

बुधबार मयूरको रुट परमिट खारेजीका लागि दबाब भन्दै बनेपामा सेवा बन्द गरेका काभ्रे बस र काभ्रे मिनिबस समितिले बिहीबार भने बिहानैदेखि चुपचाप बस सञ्चालन गर्न थालेका थिए। बनेपासम्म सञ्चालन हुँदै आएको मयूरले बिहीबार धुलिखेलसम्म पनि सेवा दियो भने अपराह्न पनौतीमा जाने क्रममा बनेपाको रातो पुलमा काभ्रे मिनिबस समितिका ३ वटा मिनिबसले अवरोध गरेका थिए।

‘मयूरको बाटो छेकेको खबर आएलगत्तै टोली पठाएर बाटो क्लियर गरी पनौती पठाएका छौं। बाटो छेक्ने ३ वटै मिनिबस र चालकलाई नियन्त्रणमा लिएर कार्यालयमा ल्याएका छौं,’ जिल्ला यातायात व्यवस्थापन समितिका सदस्य एवं काभ्रे प्रहरी प्रमुख सहकुल थापाले भने।

पहिलोपटक मयूरका ३ वटा बस पनौतीको मानेश्वरी बसपार्कमा पुगे पनि त्यहाँबाट व्यवसायी र मजदुरले ती बसमा यात्रुलाई चढ्न दिएनन्। मयूरलाई तोडफोड गर्ने प्रयासलाई प्रहरीले विफल पारेको छ। तर, बनेपा र धुलिखेलबाट सञ्चालन भएका मयूर बसलाई अघिल्ला दिनमा जसरी अवरोध भएको छैन।

अरनिको राजमार्गमा चालिसौं वर्षदेखि कायम सिन्डिकेट हटाउँदै अरू बसलाई समेत अवसर दिएको यातायात व्यवस्था विभागको निर्णयलाई यात्रुले स्वागत गरेका छन्। ‘सिन्डिकेट त तोडियो। अब पार्किङ, टाइम सेड्युल, ग्रामीण तहमा सेवा विस्तार, व्यवसायीको लगानी सुरक्षा, नियमसम्मत ढंगले आउने व्यवसायीसँगको समन्वयजस्ता व्यवस्थापकीय पक्षबारे पनि सोच्न सुरु गर्ने समय आयो,’ बनेपाका दीपेन्द्र पौडेलले भने। आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस