सातै प्रदेशका मन्त्रीसँग अन्तर्क्रिया गरिने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सातै प्रदेशका मन्त्रीसँग अन्तर्क्रिया गरिने


२३ चैत्र २०७४, शुक्रबार


काठमाडौं । स्वास्थ्य मन्त्रालयले आगामी आव २०७५/७६ को बजेट तथा कार्यक्रम तर्जुमा बारे सातै प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्रीसँग अन्तक्र्रिया गर्ने भएको छ ।

स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयले यही चैत २६ र २७ गते काठमाडौँमा अन्तक्र्रियाका लागि सातै प्रदेशका सामाजिक विकासमन्त्री, सामाजिक विकास सचिव, सो मन्त्रालयका स्वास्थ्य संयोजक र स्वास्थ्यको योजना हेर्ने अधिकृतसँग अन्तक्र्रिया गर्न पत्र पठाएको छ ।

मन्त्रालयले गत चैत १२ गतेको राज्यमन्त्रिस्तरीय निर्णयअनुसार सातै प्रदेशमा आजसम्म आमन्त्रण पठाइसकिएको जनाएको छ । मन्त्रालयका नीति योजना तथा अन्तर्राष्ट्रिय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले अन्तक्र्रियामा आगामी बजेटमा स्वास्थ्यसम्बन्धी कार्यक्रम, बजेट बाँडफाँड र स्वास्थ्यका कार्यक्रमलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुने जानकारी दिए ।

उनले भने, ‘हामीले प्रदेश नम्बर ३ का मुख्यमन्त्रीलाई पनि बोलाएका छौँ, अन्तक्र्रियामा प्रदेशले कस्तो स्वास्थ्य नीति बनाउँदै छन्, स्वास्थ्यका कार्यक्रम प्रभावकारी बनाउन के गर्ने, बजेट कसरी व्यवस्थापन र वितरण गर्नेलगायत स्वास्थ्यका सम्पूर्ण विषयमा दुई दिनसम्म छलफल हुनेछ ।’

कार्यक्रममा हरेक प्रदेशका स्वास्थ्य संयोजक, स्वास्थ्य योजना अधिकृतले अहिले सम्मको स्वास्थ्यका गतिविधिको प्रस्तुतीकरण गर्ने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस