एसएसपी लोहनीलाई सरुवा गर्न हेडक्वाटरलाई गृहमन्त्रालयको पत्र « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एसएसपी लोहनीलाई सरुवा गर्न हेडक्वाटरलाई गृहमन्त्रालयको पत्र


२२ चैत्र २०७४, बिहिबार


काठमाडौँ । गृहमन्त्रालयले महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीलाई प्रहरी प्रधान कार्यालय तान्न पत्र काटेको छ।

गृहमन्त्रालयको सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा गठन भएको छानविन समितिले लोहनी महाशाखामा हुँदा छानविन प्रभावित हुन सक्ने भन्दै समितिले हेडक्वार्टरलाई पत्र काटेको हो ।

तस्करीको साढे ३३ केजी सुन गायव भएपछि भरियाको हत्या भएको घटनामा प्रहरीको मिलेमतो भएको हुन सक्ने आशंकामा अनुसन्धान थालिएको थियो।

भरिया मोरङका ३३ वर्षीय सनम शाक्यको शव गत फागुन १९ गते गाडीको डिकीमा भेटिएसँगै तस्करीमा प्रहरीको संलग्नता भएको हुनसक्ने भन्दै अनुसान्धान सुरु गरिएको थियो। लोहनीको ठाउँमा नयाँ एसएसपी पठाउने तयारी भइरहेको भएपनि कसलाई पठाउने भन्नेबारे एकिन भएको छैन ।

प्रतिक्रिया दिनुहोस