कपडा पसलमा आगलागी दश लाखको क्षति « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कपडा पसलमा आगलागी दश लाखको क्षति


२२ चैत्र २०७४, बिहिबार


आगलागी

राजविराज । सप्तरीको सप्तकोशी नगरपालिका–१ स्थित कपडा पसलमा आज आगलागी भएको छ ।

स्थानीयवासी पर्शुराम खड्काको घरको दोस्रो तल्लामा रहेको घुम्ती कपडा पसलमा विद्युत् चुहावट भई आगलागी हुँदा करिब १० लाखको क्षति भएको बताइएको छ ।

आगलागीबाट पसलभित्र रहेका विभिन्न प्रकारको कपडा, नगद तथा जिन्सी गरी करीब १० लाख मूल्यबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आगोलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस