हिंसा र बेचबिखनमा परेका चेलीलाई छात्रवृत्ति « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हिंसा र बेचबिखनमा परेका चेलीलाई छात्रवृत्ति


२२ चैत्र २०७४, बिहिबार


चितवन । मानव बेचबिखन तथा लैंगिक हिंसामा परेका छात्रालाई चेली नेपालले छात्रवृत्ति सहयोग गरेको छ ।

हिंसा र बेचबिखनविरुद्ध काम गर्दै आएको र प्रभावित चेलीलाई सहयोग गर्दै आएको चेली नेपालले भरतपुर महानगरपालिका भित्रका ६० जना छात्रालाई छात्रवृत्ति सहयोग उपलब्ध गराएको संस्थाका कार्यक्रम निर्देशक सुरेन्द्र चापागाईले जानकारी दिए ।

संस्थाले चितवनका विभिन्न क्षेत्रमा मानव बेचबिखन तथा लैंगिक हिंसा प्रभावित तथा उच्च जोखिममा रहेका चेलीका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बुधबार भरतपुर महानगरमा छात्रवृत्ति दिएको चेली नेपालले आज दिउँसो चितवनको कालिका नगरपालिका क्षेत्रका प्रभावित विद्यार्थीका लागि छात्रवृत्ति सहयोग गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक सिन्धु ढकालले बताए ।

समस्याको शुरुवात हुनुपुर्व नै रोकथाम गर्ने र चेलीलाई शिक्षासहित सवल बनाउनका लागि संस्थाले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको चापागाईको भनाइ छ ।

छात्रवृत्ति प्राप्त गर्ने चेलीका अभिभावक विमला विकले आएको रकम सही सदुपयोग हुने बताए । यस्तै छात्रवृत्ति पाएकी दिया लामाले प्राप्त सहयोगको शिक्षामा सदुपयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस