जनप्रतिनिधि र कर्मचारीलाई विदेश भ्रमणमा रोक ! « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

जनप्रतिनिधि र कर्मचारीलाई विदेश भ्रमणमा रोक !


प्रशासन विशेष ब्युरो

२१ चैत्र २०७४, बुधबार



काठमाडौं । सरकारले जनप्रतिनिधि र कर्मचारीहरुलाई विदेश भ्रमणमा रोक लगाएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तीनै तहका जनप्रतिनिधि र कर्मचारीहरुलाई बुधबार लिखित निर्देशन दिँदै पूर्वस्वीकृतिबिना विदेश भ्रमण नगर्न भनेको हो ।

स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरुले मन्त्रालयबाट स्वीकृत नलिई आफैं विदेश भ्रमण गर्ने गरेको पाइएपछि मन्त्रालयले अनिवार्य स्वीकृतिका लागि निर्देशन दिएको छ ।

नियमावली स्वीकृति नभएसम्म स्थानीय तहका पदाधिकारी र कर्मचारीले औचित्यता, सान्दर्भिकता, मितव्ययिता र पदीय मर्यादालाई समेत ख्याल गरी वैदेशिक भ्रमणको निर्णय लिनुपर्ने पक्षलाई हेक्का गर्न मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।

वैदेशिक भ्रमणको अभिलेखीकरण र लगत व्यवस्थित गर्नुपर्ने जनाउँदै मन्त्रालयले यसअघि भएका भ्रमणको विवरण सात दिनभित्र उपलब्ध गराउन सूचित गरेको छ । वैदेशिक भ्रमण भएको मुलुक र स्थान, सहभागी पदाधिकारी र कर्मचारी, आयोजक संस्था, उद्देश्य र अवधि, वित्तीय स्रोत, पदीय मर्यादा भए नभएको र भ्रमणको आधारसमेतका स्पष्ट विवरण उपलब्ध गराउन मन्त्रालयबाट अनुरोध भएको उपसचिव नारायणप्रसाद रिमालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

हेर्नुहोस् मन्त्रालयद्धारा जारी सूचना

Tags :
प्रतिक्रिया दिनुहोस