मुख्यमन्त्री पत्नीलाई घरमै बसी–बसी तलव ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मुख्यमन्त्री पत्नीलाई घरमै बसी–बसी तलव !


प्रशासन विशेष ब्युरो

२१ चैत्र २०७४, बुधबार


दुवै आँखा नदेख्नेलाई मासिक दुई हजार

कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकी पत्नी चन्दाकुमारीले घरमै बसी–बसी एक दशकदेखि सरकारी ढुकुटीबाट तलब खाएको खुलेको छ।

पचालझरना गाउँपालिका–९ स्थित कालिकादेवी आधारभूत विद्यालयमा ०५४ भदौ ११ मा अस्थायी नियुक्ति लिएकी उनले ०६४ सालदेखि विद्यालयमा जान छोडे पनि तलब खाइरहेको खुलेको हो। मुख्यमन्त्री शाही, प्रधानाध्यापक अनिपाल शाही र जिल्ला शिक्षा अधिकारी विष्णु तिवारीसँग छलफल गरी चन्दाले चालू आर्थिक वर्षको फागुनमा निकासा भएको दोस्रो चौमासिकसम्मको तलब बुझिसकेकी छिन्।

तत्कालीन माओवादी विद्रोही शान्ति प्रक्रियामा आएपछि श्रीमानसँगै ब्यारेकमा बसेकी चन्दाकुमारी तलब लिने समयमा हाजिर गर्न आउने गरेको स्रोतले जानकारी दिएको छ।

महेन्द्रबहादुर शाही ०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा कालिकोटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि चन्दाकुमारी काठमाडौंमा बस्दै आएकी थिइन्। प्रधानाध्यापक, जिल्ला शिक्षा अधिकारी र विद्यालय व्यवस्थापन समिति अध्यक्षको मिलेमतोमा चन्दालाई चारचार महिनामा एकैचोटी हाजिरी गराई तलब दिने गरिएको छ। आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस