मोटरसाइकल चोरीका अभियुक्त पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मोटरसाइकल चोरीका अभियुक्त पक्राउ


२० चैत्र २०७४, मंगलबार


इटहरी । सुनसरी जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी कोशी ब्यारेज नजिकै पु¥याएको अवस्थामा दुई थान चोरीको मोटरसाइकलसहित मोटरसाइकल चोरी गिरोहमा संलग्न रहँदै आएका तीन युवालाई आज पक्राउ गरिएको छ ।

को २९ प ८३५९ र को २२ प ९७३५ नं का चोरीका पल्सर मोटरसाइकलसहित चोरीमा संलग्न अभियुक्तलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए। चोरीको मोटरसाइकलसहित पक्राउ पर्नेमा सुनसरी बराह क्षेत्र–६ का २२ वर्षीय श्रीराम चौधरी, इनरुवा– ७ चाँदबेलाका १७ वर्षीय अमल चौधरी र इटहरी उपमहानगरपालिका– १६ का २२ वर्षीय सन्दीप चौधरी रहेको बताइएको छ ।

यसैबीच सुनसरी जिल्ला, कोशी गाउँपालिका– ६ निवासी २२ वर्षीया पुजनी भनिने पूजादेवी सरदारको एक वर्षअघि हत्या गरी फरार रहेका अभियुक्त अजय कडरियालाई सोमबार पक्राउ गरिएको छ ।

सप्तरी, कंकालिनी नगरपालिका– ३ माइती भई वैवाहिक जीवन बिताइरहेकी पूजालाई उनका श्रीमान् अजयले कर्तव्य ज्यान गरी हत्या गरेको खुल्न आएको र अभियुक्त फरार रहेकाले उनलाई खोजतलास गर्ने क्रममा सोमबार फेला परेको बताइएको छ । अभियुक्तमाथि जिल्ला अदालत सुनसरीमा ज्यान मारेको अभियोगमा कारबाहीका लागि अनुसन्धान अघि बढाइएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस