मोटरसाइकल चोरी गर्ने पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मोटरसाइकल चोरी गर्ने पक्राउ


१९ चैत्र २०७४, सोमबार


धनगढी । वडा प्रहरी कार्यालय धनगढीको टोलीले मोटरसाइकल चोरीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–१० का २३ वर्षीय दिनेश राना, सोही ठाउँका २२ वर्षीय रामखिलन राना र २५ वर्षीय जगदीश रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले उनीहरुबाट धनगढी उपमहानगरपालिका–५ का नरेन्द्र शाहको घरबाट चोरी गरिएको से४प ६५५२ नंकोे मोटरसाइकलसमेत बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस