निजामतीको कर्णाली प्रदेश अध्यक्षमा गिरी निर्वाचित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निजामतीको कर्णाली प्रदेश अध्यक्षमा गिरी निर्वाचित


१९ चैत्र २०७४, सोमबार


सुर्खेत । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको कर्णाली प्रदेश अध्यक्षमा देवेश्वर गिरी सर्वसम्मत निर्वाचित भएका छन् ।

कर्णाली प्रदेशअन्तर्गत १० जिल्लाका निजामती कर्मचारीको वीरेन्द्रनगर सुर्खेतमा भएको प्रदेशस्तरीय प्रथम भेलाबाट आज गिरीको अध्यक्षतामा २५ सदस्यीय प्रदेश समिति गठन गरिएको हो । समितिको उपाध्यक्षद्वय मुनबहादुर रावल र केशरकुमार चपाई, सचिवमा धनबहादुर महत, सहसचिवमा मानबहादुर बुढा, कोषाध्यक्षमा गणेश विक र सहकोषाध्यक्षमा ललिता बोगटी निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष गिरीले जानकारी दिए ।

त्यसैगरी, कर्णाली प्रदेशस्तरको तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । जसको संयोजकमा शरणकुमार बडुवाल, सदस्यहरु महाकृष्ण पाण्डे र यामबहादुर बिसीलाई चयन गरिएको नवगठित प्रदेश समितिले जनाएको छ । आइतबार शुरु भई आज सम्पन्न भएको प्रथम भेलामा संगठनका २२३ जना निजामती कर्मचारीको सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस