२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकामा रगतको अभाव, रक्तदान गर्न आह्वान

अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा रगतका विभिन्न कम्पोनेन्टको माग एक्कासी बढ्दा रगतको अभाव देखिएको छ ।

रगतको अत्यधिकरुपमा माग बढेपछि नेपाल रेडक्रस सोसाइटी रगत दान गर्न आम रक्तदातालाई आह्वानसमेत गरेको छ । सामान्यतयाः बिदाको दिनबाहेक अन्य दिन रगत संकलन कार्य अत्यन्त न्यूनरुपमा हुन थालेपछि उपत्यकामा रगतको माग बढेको सोसाइटीले जनाएको छ ।

रगतको अभाव भएपछि सोसाइटीले उपत्यकाभित्र रगत संकलन कार्यमा सक्रिय युथ फर ब्लड, क्लब २५, उपत्यकाभित्रका सोसाइटीका जिल्ला शाखा, उपशाखा तथा अन्य सामाजिक संघसंस्था एवं स्वयंसेवी रक्तदातालाई रगत दानको कार्यक्रम बढाउन आह्वान गरिएको सोसाइटीका सञ्चार विभागका प्रमुख दिव्यराज पौडेलले जानकारी दिए ।

सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रकी निर्देशक डा. मनिता राजकर्णीकारका अनुसार अहिले दैनिकरुपमा ३५० पिन्ट रगतको माग हुने गर्दछ, मागलाई धान्न केन्द्रलाई मुश्किल परिरहेको छ । ‘हिजोमात्र स्वयंसेवी रक्तदातालाई आह्वान गरी रगतको माग पूरा गर्यौँ,’ उनले भने ।

अर्कोतर्फ चैत महिनामा उपत्यकाका अस्पतालमा शल्यक्रिया बढी हुने हुँदा पनि रगतको माग बढ्ने गर्दछ ।

यसैगरी, भक्तपुरको दूधपाटीमा रहेको नेपाल रेडक्रसको रक्तसञ्चार सेवा केन्द्रमा पनि रगतको माग बढेको छ । केन्द्रका प्राविधिक प्रेम अधिकारीका अनुसार चैत १६ गते शुक्रबार मात्र ४०० पिन्ट रगत संकलन भएकामा ३५० पिन्ट आपूर्ति भएको थियो ।

सोसाइटीका जिल्ला सभापति मनोज थापाले रगतको आवश्यकता भई केन्द्रमा आउनेलाई रित्तोहात नफर्काइएको तर भनेजति एकैपटक भने दिन नसकिएको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस