२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटकको अभिलेख राखिने

अ+ अ-

रसुवा । पदयात्राको क्रममा हिमाली क्षेत्र जाने पर्यटकको अभिलेख होटल व्यवसायीले पनि राख्न शुरु गरेका छन् ।

वसन्त ऋतुको आगमनसँगै दोस्रो यामअन्तर्गत लाङटाङ तथा गोसाइँकुण्डलगायत पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएकाले कुन पर्यटक कुन मार्ग प्रयोग गरी कहाँ पुगे र उनीहरूलाई आकस्मिक समस्या परे तुरुन्त उद्धारका लागि सहज वातावरण बनाउन होटलमा पनि अभिलेख राख्ने कार्य अघि बढाइएको जिल्ला प्रहरी प्रमुख शरतकुमार थापाक्षेत्रीले बताए ।

पर्यटक बस्ने होटलवालाले पर्यटकको नाम राहदानी नम्बर र उसको देश समेत स्पष्ट हुने गरी अभिलेख राख्नुपर्ने र समय समयमा प्रहरीले खोजेका बखत विवरण दिनुपर्ने सुझाव दिइएको बताइएको छ ।

पहिलो याम मानिने असोज, कात्तिक र मंसिर तीन महिनामा दुई हजार ६३७ विदेशी पर्यटक आएका थिए भने दोस्रो यामअन्तर्गत अहिले एक हजारभन्दा बढी पर्यटक गोसाइँकुण्ड र लाङटाङलगायत विभिन्न हिमाली क्षेत्रको अवलोकनमा गएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरी र नेपाल प्रहरीले गस्तीलाई तीव्रता दिएको र पर्यटकलाई सबै क्षेत्रबाट सहयोग मिल्ने प्रहरी प्रमुख थापा क्षेत्रीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस