३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढी प्रिमियर लिगः उद्घाटन खेलमा काठमाडौँ गोल्डेन्स विजयी

अ+ अ-

धनगढी । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उद्घाटन खेलमा काठमाडौँ गोल्डेन्स विजयी भएको छ ।

कैलालीको धनगढीस्थित संघीय प्रहरी इकाई कार्यालयको मैदानमा आज भएको खेलमा काठमाडौंँ गोल्डेन्सले स्थानीय टिम चौराह धनगढीलाई सात विकेटले पराजित गरेको हो । टिम चौराहले टस जितेर ब्याटिङ गर्दै काठमाडौं गोल्डेन्ससामु १ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

उक्त विजय लक्ष्य काठमाडौं गोल्डेन्सले १८ दशमलव ४ ओभरमा पुरा ग¥यो । काठमाडौँका लागि अमित श्रेष्ठले सर्वाधिक ८१ रन बनाए । उनले ६५ बल खेल्दै चार छक्का र नौ चौका हाने । नरेश बुढाऐरले अविजित २४ रन तथा जयकिशन कोल्सावालाले १६ रन बनाए ।

बलिङतर्फ टिम चौराहका सुनिल धमला र सम्साद शेखले एक/एक विकेट लिए । यसअघि टिम चौराहले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । टिम चौराहका लागि सुनिल धमलाले सर्वाधिक ६८ रन बनाए । उनले ५७ बल खेले । शंकर रानाले ३६ तथा राजु रिजालले १० रन बनाए ।

बलिङतर्फ काठमाडाँै गोल्डेन्सका साहब आलमले ह्याट्रिक विकेट लिए । उनले खेलको १८ औँ ओभरमा लगातार तीन विकेट लिएका हुन् । आलमले तेस्रो बलमा सुनिल धमला, चौथो बलमा सोमपाल कामी तथा पाँचौँ बलमा सोनु तामाङको विकेट लिएका थिए । आइतबार महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्सबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस