३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटनमन्त्रीका सय दिनमा सय बढी काम

अ+ अ-

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १०० दिनको अवधिमा सम्पादन गरिने प्रमुख कामको प्रतिबद्धतासहित सार्वजनिक गरेको छ । मन्त्रालयले आज पत्रकार सम्मेलन गरी १०० दिनमा गर्ने १६ क्षेत्रमा ११० वटा काम सार्वजनिक गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारदेखि मन्त्रालयअन्तर्गत पर्ने राष्ट्रिय गौरवका पाँच आयोजनालाई १०० दिने प्रमुख कार्यमा राखिएको छ । त्यसैगरी, भूकम्पबाट क्षतिग्रस्त प्रमुख सम्पदाहरुको पुनःनिर्माण, पर्यटन क्षेत्रको नीतिगत तथा कानूनी सुधार, कार्यपद्धतिमा सुधार रहेको छ । संस्कृति क्षेत्रतर्फ संस्कृति संरक्षण र प्रवद्र्धन, ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वका सम्पदाको संरक्षण तथा अभिलेखको डिजिटाइजेसन र सुदृढीकरण, संग्रहालयको निर्माण तथा व्यवस्थापन १०० दिनभित्र गरिनेछ ।

यस्तै, पर्यटकीय तथ्याङ्क अद्यावधिक कार्य, दिगो पर्यटन व्यवस्थापन, पर्यटकीय सेवा सुविधाको गुणस्तरीयता, एकीकृत पर्यटन पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन, हवाई उड्डयन सुरक्षा सुदृढीकरण र हवाई उद्योग व्यवस्थापन प्रमुख प्राथमिकतामा परेका छन् । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयका उच्च अधिकारी मातहत निकायका प्रमुखको उपस्थितिमा आज १६ बुँदे कार्ययोजना सार्वजनिक गर्दै ती प्रतिबद्धता पूर्णरुपमा कार्यान्वयन गरिने बताए ।

प्रमुख कार्ययोजना आफ्नो लहड र इच्छाले ल्याएको नभई मन्त्रालय र मातहतका निकायको साझेदारितासहितको प्रतिबद्धता रहेकाले सफल कार्यान्वयन हुने मन्त्री अधिकारीको भनाइ थियो । ‘प्रत्येक दिनलाई उपलब्धिमूलक बनाउनका लागि १०० दिने कार्यक्रम ल्याइएको हो, अन्य अल्पकालीन र दीर्घकालीन योजना पनि क्रमशः ल्याउने तयारीमा छौँ यी सबै कामबाट मन्त्रालयलाई पारदर्शिता र सुशासनमैत्री बनाउने हाम्रो साझा लक्ष्य हो’, उनले भने ।

अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा : एक घण्टामै लगेज

मुलुकको एकमात्र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान चापलाई मध्यनजर गर्दै पर्यटन मन्त्रालयले हाल दैनिक १७ घण्टा सञ्चालन हुँदै आएको विमानस्थललाई अब दैनिक २१ घण्टा सञ्चालन गर्ने भएको छ । पर्यटनमन्त्री अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र उडान सुरक्षित बनाउन विमानस्थलको उडान लम्ब्याउने र विमानस्थललाई सबैखाले प्रविधिमैत्री बनाइने उल्लेख गरे ।

उनले भने, ‘आगामी १०० दिनभित्र विमानस्थललाई २१ घण्टा चलाउँछौँ पछि २४सै घण्टा सञ्चालन गरिनेछ अहिले मुख्य समस्या भनेको एयर ट्राफिक जाम हो, जहाज आकाशमै अडिने ‘होल्ड’ हुने र विमान फर्कनुपर्ने बाध्यता छ ।’

अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले दैनिक ४७४ वटा अन्तर्राष्ट्रिय उडान हुने गरेका छन् । विमानस्थलबाट आन्तरिक उडानलाई अन्यत्र स्थानान्तरण गर्न काभ्रेपलाञ्चोकको ठूलीचौरका साथै अन्य सम्भाव्य विकल्पको अध्ययन गरिने कार्ययोजनामा उल्लेख छ । अन्तर्राष्ट्रिय आगमनतर्फका यात्रुको बढीमा एक घण्टाभित्र लगेज पाउने व्यवस्था मिलाउनाका साथै टर्मिनल भवनलाई सुविधामैत्री बनाइनेछ ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा तीव्रता

पर्यटनमन्त्रीको मुख्य प्राथमिकतमा राष्ट्रिय गौरवको आयोजना दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई शीघ्र अघि बढाइनुका साथै निर्माणाधीन, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई तीव्रता दिइने छ । मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाका अनुसार भैरहवा विमानस्थलको निर्माण कार्य ४० प्रतिशत सम्पन्न भएको छ भने पोखरा विमानस्थलको कार्य सन्तोषजनक रुपमा अघि बढेको छ ।

विमानस्थल भएका स्थानमा विमान पु¥याउने, नेपाल वायु सेवा निगमलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाइएको छ । मन्त्री अधिकारीले पर्यटन रणनीति बनाउने तयारी भएको र पुरानो पर्यटन नीतिलाई परिमार्जन गरिने बताए । त्यस्तै पशुपति क्षेत्र विकास कोष र लुम्बिनी क्षेत्र विकास कोषलाई प्रभावकारी बनाइनुका साथै नयाँ धार्मिक पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धनलाई प्राथमिकता दिइनेछ ।

भूकम्पबाट क्षतिग्रस्त ७५३ सम्पदामध्ये हाल ८२ वटा सम्पन्न भएको र यस अवधिमा थप १३ वटा सम्पदाको पुनःनिर्माण कार्य सम्पन्न हुने जनाइएको छ । पर्यटन ऐन, २०३५ लाई समयानुकूल परिमार्जन गरिनाका साथै परिवर्तित परिवेशअनुसार पर्यटन नीति, २०६५ परिमार्जन कार्य शुरु गरिने कार्ययोजनामा भनिएको छ ।

छिमेकी मुलुक लक्षित पर्यटन प्रवद्र्धन

पर्यटन प्रवद्र्धनअन्तर्गत नेपाल भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन सचिवालय स्थापना गरी विषयगत समिति गठन गरी कार्य प्रारम्भ गरिने तथा चीन र भारतका मुख्य तीन–तीन शहरमा पर्यटन सेल्स मिसनको आयोजना गरिने कार्ययोजना छ ।

पचासभन्दा बढी अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र ब्लगरसहितको अन्तर्राष्ट्रियस्तरको हिमालयन ट्राभल मार्ट आयोजना गर्ने विदेशी पत्रकारलाई नेपालका पर्यटकीय स्थलको अवलोकन गराउने, नेपाल पर्यटन बोर्डको वेबसाइटलाई चिनियाँ भाषामा बनाई छलफल चलाइने तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसी, सिएनएन, ट्रिप एडभाइजर र लोन्ली प्लानेटमार्फत प्रवद्र्धन गर्ने कार्ययोजनामा समेटिएको छ ।

हवाई उड्डयनलाई सुरक्षित र व्यवस्थित गर्न सन् २०१० देखि २०१७ सम्म भएका वायुयान दुर्घटना जाँच प्रतिवेदनका सिफारिस विश्लेषण गरी प्रभावकारी रुपमा कार्यान्वयन शुरु गर्ने तथा हवाई उद्योग व्यवस्थापनतर्फ ड्रोन उडान अनुमतिलाई सरलीकृत गरी समन्वयात्मक उडान सञ्चालन गरिनेछ ।

उल्लिखित कामको अनुगमनका लागि पर्यटन सचिवको नेतृत्वमा गठन हुने समितिले कार्य प्रगतिको विवरण सार्वजनिक गर्नेछ । वर्तमान सरकार गठनपश्चान् पर्यटन मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित प्रथम १०० दिनको कामलाई प्रभावकारी कार्यान्वयन अघि बढाइने सचिव देवकोटाले बताए । रासस

प्रतिक्रिया दिनुहोस