४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशमा शान्ति कायम गर्न हरेक व्यक्तिको सहयोग आवश्यक –प्रधानमन्त्री

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ति कायम गर्न हरेक व्यक्तिको उत्तिकै सहयोग आवश्यक पर्ने बताएका छन् ।

नेपाल जैन परिषदले आयोजना गरेको श्रमण भगवान महावीरको २६१७ औं जन्म कल्याणक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

“समाजमा शान्ति सुव्यवस्था कायम गर्न हरेक ब्यक्तिको योगदान महत्वपूर्ण हुन्छ” प्रधानमन्त्री ओलीले भने “मानिस मानसिक, आत्मिक रुपमा शान्त भएपछि व्यक्तिले अरुलाई दुःख दिनु हुँदैन भन्ने महसुष गर्दछ । जब यस्ते भावनाको विकास गर्न सकिन्छ तब समाजमा शान्ति कायम हुन्छ ।” यस प्रकारको भावनाको विकास नहुँदा सरकारको एकल प्रयासले मात्र समाजमा शान्ति कायम गर्न मुस्किल हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

समाजलाई शान्तीपूर्ण गोरेटोमा हिडाउन महावीर जैनको महत्वपूर्ण भूमिका भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले २६१७ बर्ष अघि जन्मनु भएका महाबीर जैनको सान्दर्भिकता अझै उस्तै रहेको बताए । “मानिसलाई शान्त बनाउन उहाँका उपदेश र उहाँको जीवनचर्याको चर्चा अहिले पनि उतिकै सान्दर्भिक छन्” –ओलीले भने ।

प्रधानमन्त्री ओलीले जनताको बलले संविधान निर्माण भएकोले अब देश निर्माणमा लाग्नु पर्ने बताएका छन् । “अब सबै जात, धर्म, सम्प्रदायले देश र देशबासीको हित, सुख र समृद्धिमा लाग्नु पर्दछ” प्रधानमन्त्री ओलीले भने । देश निर्माणकै लागि संघीयता र लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएकोले यसको प्रवद्र्धनमा सबै लाग्नु पर्ने प्रधानमन्त्री ओलीले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस