४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रणालीमा आउने प्राविधिक गडबडी हो, विद्युत कटौती होइन – प्राधिकरण

अ+ अ-

काठमाडौं । औद्योगिक करिडोरबाहेक मुलुकका कुनै पनि स्थानमा विद्युत्भार कटौती नभएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राविधिक समस्याका कारण विद्युत् कटौती हुनुलाई विद्युत्भार कटौती भन्न नमिल्ने स्पष्ट पार्दै प्राधिकरणले विद्युत् आपूर्तिका हिसाबले कही कतै पनि समस्या नभएको जनाएको छ ।

काठमाडौं उपत्यकालगायत मुलुकका कुनै पनि स्थानमा विद्युत् कटौती गर्नुपर्ने अवस्था नभएको जानकारी दिँदै प्राधिकरणले औद्योगिक करिडोरमा दैनिक तीन घण्टा विद्युत् कटौती हुने गरेको भए पनि घरायसी ग्राहकलाई पूर्णरुपमा विद्युत् आपूर्ति भइरहेको उल्लेख गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रणालीमा आउने प्राविधिक गडबडीले केही बेर विद्युत् जाँदैमा त्यसलाई विद्युत्भार कटौतीको रुपमा बुझ्नु नहुने बताएका छन् ।

हावाहुरीले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा सामान्य गडबडी हुँदा विद्युत् आपूर्तिमा समस्या हुने गरेको र विगतमा पनि यस्तो अवस्था रहने गरेको उनको भनाइ थियो ।

विगतमा लगातार विद्युत् कटौती हुँदा त्यस्तो समस्या कम मात्रै सार्वजनिक हुने गरेको उल्लेख गर्दै प्राधिरकणले त्यस्ता प्राविधिक समस्या समाधान गर्न मुलुकभर नै कर्मचारीको समूह २४ सै घण्टा तयारी अवस्थामा राखिएको जनाएको छ ।

सडक तथा खानेपानी पाइप विस्तारका कारण प्रसारण प्रणालीका भूमिगत तारमा क्षति पुगेको, केही स्थापनमा खम्बा तथा टान्सर्फमर सार्नुपर्ने जस्ता कारणले केही क्षेत्रमा विद्युत् काट्नुपर्ने वाध्यता प्राधिकरणलाई छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले केही दिन अघि विद्युत् आपूर्तिमा अहिले भइरहेको प्राविधिक समस्यालाई छिट्टो र छरितोरुपमा समाधान गरी विद्युत् आपूर्ति नियमित गर्न प्राधिकरणलाई निर्देशन दिइसकेका छन् ।

प्राधिकरणले विद्युत् आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन प्रसारण प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाइ रहेकोसमेत जानकारी दिएको छ । प्राधिकरणले मर्मत सम्भारको कामलाई समेत छोटो समयमा पूरा गर्न प्रतिबद्ध रहेको समेत स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस