२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षक संघद्वारा शिक्षामा २५ प्रतिशत बजेट विनियोजन गर्न माग

अ+ अ-

काठमाडौ । नेपाल शिक्षक संघले राष्ट्रिय बजेटको २५ प्रतिशत बजेट विनियोजन गर्नुपर्ने माग राखेको छ ।

यही चैत १ देखि ३ गतेसम्म काठमाडौमा भएको आठौँ संघीय महाविधेशनबाट निर्वाचित भएका कार्यसमितिले आज पत्रकारसम्मेलनको आयोजना गरी शिक्षामा अपुग बजेट भएकाले २५ प्रतिशत बजेट विनियोजन गर्न माग गरेको नवनिर्वाचित अध्यक्ष राजेन्द्रराज पौडेलले जानकारी गराए ।

महाधिवेशनले शैक्षिक सवालमा २३ र पेशागत सवालमा १९ माग प्रस्तुत गरेको छ । संघले शिक्षकको सहुलियत स्वास्थ्य उपचारका लागि शिक्षक अस्पताल निर्माण गर्नुपर्ने, शिक्षा ऐन–२०२८ को आठौँ संशोधनले ट्रेड युनियन अधिकार कुण्ठित गर्न खोजेकाले सो प्रावधान खारेज गर्नुपर्ने, असमान दरबन्दी वितरणलाई व्यवस्थित गरी शिक्षकको राष्ट्रिय दरबन्दी मिलान गर्नुपर्नेलगायतका माग गरेको छ ।

यसैगरी दुर्गम क्षेत्रमा कार्यरत शिक्षकलाई दुर्गम भत्ता र पोशाक भत्ता निजामती कर्मचारीअनुसार दिनुपर्ने, संवैधानिक शिक्षक सेवा आयोग र उच्चस्तरीय शिक्षा आयोग गठन गर्नुपर्ने, विद्यालय शान्ति क्षेत्र घोषणालाई पूर्ण कार्यान्वयन गराउनुपर्ने, शिक्षा क्षेत्रमा गरिने राजनीतिक नियुक्ति शिक्षकबाट गरिनुपर्ने, माध्यामिक तहसम्म शिक्षा अनिवार्य र निःशुल्क गर्नका लागि राज्यले जिम्मा लिनुपर्ने लगायतका माग छन् ।

महाधिवेशनले राजेन्द्रराज पौडेलको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा एमपी भुसाल, महिला उपाध्यक्षमा पद्यीनी थापा, उपाध्यक्षहरुमा तिलकबहादुर कटुवाल, गंगाप्रसाद यादव, प्रेमप्रसाद भट्टराई, भरतप्रसाद लम्साल, अमरबहादुर खड्का, जनकबहादुर सिंह र लक्ष्मणदत्त भट्ट  छन् ।

यसैगरी महासचिवमा सोमनाथ गिरी, महासचिव अर्थ पुष्पकला भट्टराई र उपमहासचिवमा सुन्दर पन्त निर्वाचित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस