२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेयरविरुद्ध उपमेयर अनशनमा

अ+ अ-

काठमाडौं । आफ्नै मेयरविरुद्ध आमरण अनशनमा बसेकी हंसपुर नगरपालिकाकी उपमेयर रेणु झाको स्वास्थ्य अवस्था बिग्रेपछि अस्पताल भर्ना गरिएको छ । दुई दिनदेखि अनशन बसेकी उपमेयर झालाई सोमबार जनकपुर अञ्चल अस्पताल भर्ना गरिएको हो ।

हंसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उपमेयर झाबीच विवाद भएपछि कार्यालयमा तालाबन्दी भएको छ । बघचौडामा रहेको नगरपालिका कार्यालय मेयर मण्डलले अन्यत्र सार्न लागेको भन्दै उपमेयर झाले विरोध जनाएकी हुन् ।

नगरपालिका मेयर र उपमेयर दुवै राजपा नेपालका हुन् । मण्डलले आफूलाई जानकारी नै नदिई विशेष नगरसभा बोलाउने तयारी गरेको उपमेयरको आरोप छ । बाघचोडमा रहेको नगरपालिकाको कार्यालयलाई अन्य स्थानमा सार्न खोजेको भन्दै झाले अनशन थालेकी हुन् ।

उपमेयर झाले केही दिनअघि मेयरबाट आफूमाथि असुरक्षा रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन नै दर्ता गराएकी छिन् । ‘दुई महिनाअघि सम्पन्न प्रथम नगरसभाको हरहिसाबसमेत मलाई स्पष्ट रूपमा जानकारी गराइएको छैन,’ उनले भनिन् ।

मेयर मण्डलले स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा निर्वाचनको ६ महिनाभित्र दुईतिहाइ बहुमतले केन्द्र परिवर्तन गर्न सकिने प्रावधान रहेको बताए । ‘नगरवासीलाई पायक पर्ने स्थानमा कार्यालय सार्न सदस्यहरूको दबाब छ । दुईतिहाइभन्दा बढी बहुमतले कार्यालय सार्न दबाब दिएकाले कानुनअनुसार प्रक्रिया अगाडि बढाउनु मेरो कर्तव्य हो,’ उनले भने । नगरपालिकामा तालाबन्दी भएपछि जन्मदर्ता, विवाहदर्ता तथा विकास निर्माणका कार्य प्रभावित भएका छन् ।आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस