२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समृद्धिको मुद्दामा सार्क सदस्य मुलुकको एकीकृत सहकार्य हुनुपर्छ– प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियामा उपलब्ध अपार साधन र स्रोतको परिचालन गरी समृद्धिको बाटोमा अगाडि बढ्न एकीकृत सहकार्य आवश्यक भएको बताएका छन् ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) चेम्बर्स अफ कमर्स एण्ड इन्डिस्ट्रज र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा शुरु भएको ‘सार्क विजनेस लिडर्स कनक्लेभ’ उद्घाटन समारोहलाई सम्बोधन गर्ने उनले समृद्धि मुख्य मुद्दा बनाएर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

तीन दिनसम्म चल्ने सम्मेलन (कनक्लेभ)मा सहभागी आठवटै मुलुकका सहभागीले विचार विमर्श गरी विकास र सहकार्यमा सहयोग पुग्ने सुझाव दिने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई सुहाउँदो नीति ल्याएर समृद्धिको बाटोमा लाग्ने बताए ।

उनले भने, “हामी निजी क्षेत्रलाई उत्प्रेरित गरेर अगाडि बढ्नेछौँ, अब सरकारी र निजी क्षेत्र सँगसँगै अगाडि बढ्नेछ ।” प्रधानमन्त्री ओलीले राजनीतिक संक्रमण सकिएर आर्थिक संक्रमणको बाटोमा मुलुक अगाडि बढेको भन्दै आर्थिक विकास नै राज्यको मुख्य मुद्दा भएको चर्चा गरे ।

शान्ति प्रक्रियामार्फत सबै द्वन्द्व निष्कर्षमा पुगेको भन्दै उनले आगामी दिनमा सार्क मित्रराष्ट्रसँग सहकार्य गरेर अगाडि बढ्ने धारणा राखे। प्रधानमन्त्री ओलीले स्थानीय, प्रान्तीय एवं केन्द्रीय सरकार गठन भई काम अघि बढेको भन्दै आर्थिक विकासको नयाँ अध्यायमा अगाडि बढेको स्पष्ट पारे ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको मन्तव्य उद्धृत गर्दै सचिव चन्द्रकुमार घिमिरेले दक्षिण एसियाली क्षेत्रमा रहेका गरिबीको न्यूनीकरणमा सार्क मुलुक एकीकृतरुपमा अगाडि बढ्नुपर्ने बताए ।

सार्कका महासचिव अम्जाद बि सेयलले सार्क क्षेत्र विश्वकै ठूलो आर्थिक क्षेत्र भएको उल्लेख गर्दै सार्क सदस्य मुलुकले एक अर्कामा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले विश्वमा सबैभन्दा बढी अवसर भएको यस क्षेत्रको विकास गरेर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र सार्क चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष सुरक्ष वैद्यले सार्क क्षेत्रमा रहेको अपार सम्भावनालाई सदुपयोग गरेर विकासको बाटोमा आगडि बढ्नुपर्ने बताए ।

सम्मेलनमा सार्कका आठवटै देशका नेता तथा अर्थशास्त्री, लगानीकर्ताले दक्षिण एसियामा लगानी गरी समृद्धिको अवसर र आर्थिक सहकार्यका विषयमा अन्तरक्रिया गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस