५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यक्तिगत घटना दर्ता प्रक्रिया प्रभावकारी बनाउनुपर्ने

अ+ अ-

काठमाडौं । जन्म, मृत्युलगायत व्यक्तिगत घटना दर्ता प्रक्रियासम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको ‘व्यक्तिगत घटना दर्तासम्बन्धी नेपालको कानूनी विश्लेषण अध्ययन’ नाम पुस्तक सार्वजनिक कार्यक्रममा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले व्यक्तिगत घटना दर्तालाई ऐच्छिक नभई अनिवार्य बनाइने बताइन् ।

‘व्यक्तिगत घटनालाई कानून बमोजिम प्रभावकारी कार्यान्वयन हुनेछ, व्यक्तिगत घटनाको दर्ता राख्न अनिवार्य छ, ढुक्क हुनुस्, यसको कार्यान्वयन प्रभावकारी हुन्छ’, मन्त्री थापाले भनिन् ।

मन्त्री थापाले महिला, बालबालिका तथा व्यक्तिगत जन्म–मृत्युका घटनाको दर्ताका निम्ति आवश्यक कानून परिमार्जनका क्रममा रहेको र सरकारी तथा गैससरकारी संघसस्थासँग समन्वय गरी ऐन तथा कानून परिमार्जनको खाका तयार भएको जानकारी दिइन् ।

केन्द्रीय पञ्जिकाधिकार कार्यालयका महानिर्देशक बेदबहादुर कार्कीले नेपालमा आधुनिक सूचना तथा प्रविधिको विकास नहुनुले जन्म तथा मृत्यु दर्ताका कार्यमा समस्या भएको उल्लेख गरे ।

उनले घटनाको दर्ता लिखत रुपमा कागजी भएको र त्यो लिखत रहेको तथ्याङ्क धेरै लामो समयसम्म नटिक्ने र पुरानो तथ्याङ्क सुरक्षित नभएकाले अबका दिनमा आधुनिक सूचना प्रविधिका साधनको विकास गरी तथ्याङ्कलाई सुरक्षित गर्नुपर्ने धारणा व्यक्त गरे ।

जन्म र मृत्यु दर्ता अन्य विकसित मुलुकजस्तै नेपालमा पनि बालबालिकाको जुन अस्पतालमा जन्म हुन्छ त्यही अस्पतालले जन्म दर्ता गर्ने र जुन अस्पतालमा व्यक्तिको मृत्यु हुन्छ त्यही दर्ता गरिने प्रक्रिया गर्नुपर्ने जरुरी रहेको महानिर्देशक कार्कीले बताए ।

सांसदद्वय तिलक महत र शशि श्रेष्ठले व्यक्तिगत घटना दर्ताको तथ्याङ्क आउन नसकेको हुँदा यसलाई कानूनअनुसार कडाइका साथ कार्यान्वयनमा ल्याउनुपर्ने धारणा व्यक्त गरे ।

मञ्चका निर्देशक सविन श्रेष्ठले विश्वका विभिन्न मुलुकमा व्यक्तिगत घटना दर्तासम्बन्धी फरक फरक तरिका भए पनि कानूनअनुसार कडाइका साथ कार्यान्वयन हुने गरेको तर नेपालमा कानून तथा मौलिक हकमा उल्लेख भए पनि कार्यान्वयनमा कमजोरी रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस