सुरक्षा निकायलाई सतर्क रहन मुख्य मन्त्रीको निर्देशन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुरक्षा निकायलाई सतर्क रहन मुख्य मन्त्रीको निर्देशन


प्रशासन विशेष ब्युरो

१ चैत्र २०७४, बिहिबार


धनगढी । प्रदेश नम्वर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरुसँग पछिल्लो सुरक्षा अवस्थाको बारेमा छलफल गरेका छन् ।

मुख्यमन्त्री भट्टले सुरक्षा निकायका प्रमुखहरुलाई कार्यकक्षमै बोलाएर पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिँदै तराईका जिल्लाहरुमा दिन प्रतिदिन बढ्दो सुरक्षा चुनौती बारे सतर्क रहन निर्देशन दिएका छन् ।

जनताको सुरक्षा प्रदेश सरकारको प्रमुख दायित्व भएको बताउँदै मुख्यमन्त्री भट्टले सुशासन र शान्ती सुरक्षा कायम गर्न सुरक्षा संयन्त्रलाई चनाखो भइ काम गर्न समेत निर्देशन दिए ।

संघीय प्रदेश प्रहरी प्रमुख एआइजी माधव नेपाल, कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रशाद रिजाल, शशस्त्र प्रहरी सिमा सुरक्षा बलका प्रमुख श्याम कोइराला, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख बिनोद घिमिरेलगाएतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

उपस्थित सुरक्षा अधिकारीहरुले मूख्यमन्त्री भट्टलाई पछिल्लो सुरक्षा अबस्थाको बारेमा जानकारी गराउँदै सुरक्षा संबेदनशिलतालाई मध्यनजर गर्दै सबै सुरक्षा संयन्त्र परिचालन गरिएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस