५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलाली घटनाका अभियुक्त सार्वजनिक

अ+ अ-

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले बोक्सी आरोप लगाई कुटपिटमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुलाई आज सार्वजनिक गरेको छ ।

कैलाली, घोडाघोडी नगरपालिका–५ देउकलिया गाउँकी राधा चौधरीलाई गत फागुन २४ गते बोक्सीको आरोपमा निर्घात कुटपिट गरेको अभियोगमा पक्राउ परेका सोही ठाउँका २३ वर्षीय भोलेबाबा भनिने रामबहादुर चौधरी र उनलाई सघाउने किस्मती चौधरी र स्मारिका चौधरीलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

घटनामा मतियारका रुपमा संलग्न सोही ठाउँका वेदप्रसाद चौधरी, चनकला चौधरी र सीतारानी चौधरीसमेतलाई पक्राउ गरी कानूनी कारवाही प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । अभियुक्तलाई बोक्सी आरोप कसुर तथा सजाय ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

प्रहरी उपरीक्षक घिमिरेले फागुन २८ गते राति नगरपालिका प्रमुख ममताप्रसाद चौधरीलाई गोली तथा धारिलो हतियार प्रहारका घटनामा संलग्न चार जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा घटनामा संलग्न नगरपालिकाका ४० वर्षीय कमल क्षत्री, ३६ वर्षीय भरतबहादुर शाह तथा ३० वर्षीय पूर्णप्रसाद खनाल र हृदयराज बोगटी छन् ।

नेकपासँग आबद्ध भनिएका उनीहरुलाई पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो । घटनास्थलमा संलग्न भई फरार थप नौ जनाको खोजी भइरहेको छ । घटनास्थलमा प्रहरीले गोलीको खोका र से२प ३६७१ नंको नक्कली मोटरसाइकल बरामद गरिएको थियो । नगर प्रमुख चौधरीलाई विभिन्न आरोप लगाई नेकपाले पटक पटक चन्दाका साथै विभिन्न माग राखी धाकधम्की दिने, प्रेस विज्ञप्ति प्रकाशन गर्नेलगायत कार्य हुँदै आएको अवस्थामा उहाँमाथि आक्रमण भएको जनाइएको छ । घाइते नगरप्रमुख चौधरीको हाल काठमाडौँमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस