२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शैक्षिक ऋण उपलब्ध गराउनुपर्ने माग

अ+ अ-

काठमाडौं । अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी) ले संयुक्तरुपमा त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयमा समेत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन् ।

तीनवटै संगठनका अध्यक्षले शनिबार जारी गरेको विज्ञप्तिमा यसअघि त्रिभुवन विश्वविद्यालयमा मात्रै हुँदै आएको सो निर्वाचन अन्य शैक्षिक स्थलमा पनि गर्न माग गरिएको छ ।

वि.सं. २०७२ मा त्रिभुवन विश्वविद्यालयका केही कलेजमा निर्वाचन सम्पन्न भएको थियो भने आन्तरिक संगठनको विवादका कारण केहीमा हुन सकेको थिएन ।

संविधानमा व्यवस्था गरिए अनुसार आधारभूत तथा माध्यामिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गर्न माग गर्दै शिक्षा क्षेत्रको समग्र पुनः संरचनाका लागि बजेटको २० प्रतिशत लगानी गर्न आग्रह गरिएको छ ।

अनेरास्ववियुका अध्यक्ष नवीना लामा, नेवि संघका अध्यक्ष नैनसिंह महर र अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले दस्तखत गरी जारी गरिएको विज्ञप्तिमा विद्यार्थीले हासिल गरेको प्रमाणपत्र धितो राखेर शैक्षिक ऋण उपलब्ध गराउनुपर्ने माग गरिएको हो । चर्को शुल्क लिने निजी विद्यालयलाई छानबिन गर्न अधिकार सम्पन्न अनुगमन समिति गठन गर्न बैठकले सरकारलाई ध्यानाकर्षण गराइएको छ ।

भूकम्पले ध्वस्त भएका विद्यालय, दरबार हाइस्कुललगायत ऐतिहासिक महत्वको शैक्षिकस्थल द्रुत गतिमा पुनःनिर्माणका लागि माग गरिएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ओएसिसी मेडिकल कलेजका विद्यार्थीलाई नर्सिङ काउन्सिलको परीक्षा दिने वातावरण मिलाउन विज्ञप्तिमा आग्रह गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस