काठमाडौं । महानगरीय प्रहरी वृत्त, जनसेवाको टोलीले १६ किलो २५० ग्राम अवैध चाँदीका गहनासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज–२, श्रीमराम हल नजिक घर भइ काठमाडौंको नागार्जुन बस्दै आएका ४० वर्षीय सुरेश सर्राफ र उनीसँगै रहेका वीरगञ्ज–३ का ३० वर्षीय कृष्णा सर्राफ छन् ।
भन्सार छली चोरी पैठारी गरी काठमाडौं–२३, झोछेमापक्राउमा सुनचाँदीको अवैध कारोवार हुदै गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट ९८ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।