५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढी माविलाई नमुना विद्यालय बनाउने योजना

अ+ अ-

धनगढी । श्री धनगढी माविलाई नमुना विद्यालय बनाउने उद्देश्यका साथ विद्यालयले गुरु योजना निर्माण कार्यशाला कार्यक्रमको आयोजना गरेको छ । आइतबार आयोजित समारोहलाई उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथी धनगढी उपमहानगर पालिकाकी उपमेयर सुशिला मिश्र भट्टले विद्यालयको यस कार्यको खुलेर प्रसंसा गरेकी छन् ।

विद्यालयका प्राचार्य लक्ष्मण दत्त भट्टले राज्यले सामुदायिक विद्यालयलाई युगानुकुल गुणस्तरिय शिक्षा सबैको पहुच भन्ने उद्देश्यका साथ नमूना सामूदायिक विद्यालय निर्माण अभियान थालेको र त्यसकालागी सरोकारवालाको भूमिका निर्धारण समेत गरेकोले सोही अनुसार विद्यालयले कार्यशाला गोष्ठी संचालन गरेको बताए । समाजसेवी मोहनराज ओझाले विद्यालयलाई नमुना बनाउन शिक्षकहरुको महत्वपूर्ण भूमिका रहने र त्यस्कालागी समुदायको भूमिका विद्यालयका पक्षमा हुने बताए ।

शिक्षक अभिभावक संघका पूर्व सदस्य भवानी दत्त भट्टले अभियान सफल बनाउन समुदायको पनि भूमिका अहम हुने बताए । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष शिवराज रानाले विद्यालयको विगतको अवस्थाबाट आजको अवस्थासम्म आईपुग्दा समुदायको योगदान ठुलो रहेको स्मरण गरे । प्रस्तावित नमूनालाई सांच्चिकै नमुना बनाउन ठूलो चुननौती रहेकोले सबै मिलेर चुनौतिको सामना गर्नुपर्ने उनले बताए ।

वडाध्यक्ष नारायण बरालले विद्यालयमा दलिय राजनिती गर्न नहुने भन्दै विद्यालयको यस अभियानलाई सफल पार्न आफ्नो साथ रहने बताए ।

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष धनीराम रानाले विद्यालयको बिकास लागि समूदायले सधै योगदान गरेकाले अब झन योगदान आवश्यक रहेको बताए। शिक्षक अभिभावक संघका अध्यक्ष एवम पूर्व शिक्षक सुग्रीव रानाले कार्यक्रम गर्दै गर्दा आई पर्ने समस्यालाई सबै पक्ष मिलेर सामना गर्नुपर्ने बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालमनी रानाको अध्यक्षतामा सम्प कार्यक्रमको सञ्चालन शिक्षक गणेश नेपाली गरेका थिए।

प्रतिक्रिया दिनुहोस