काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । प्रधानमन्त्रीमा चयन भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार ओलीले आज विश्वासको मत लिन लागेका हुन् ।
अहिलेसम्मको अवस्थालाई हेर्दा ओली नेतृत्वको सरकारको पक्षमा प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये कम्तीमा २०९ सांसदको समर्थन देखिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस तथा डा। बाबुराम भट्टराई र प्रेम सुवाल बाहेक अन्य सबै दलको समर्थन ओलीको पक्षमा देखिएको छ ।
ओली फागुन ३ गते प्रधानमन्त्रीमा चयन भएका हुन् । ओलीलाई बहुमत पुर्याउन १३८ सांसद् भए पुग्छ।