२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशसभा नियमावली, २०७४ पारित

अ+ अ-

धनगढी । प्रदेश नं ७ को प्रदेशसभाको आजको बैठकले प्रदेशसभा नियमावली, २०७४ पारित गरेको छ ।

बैठकमा सभामुख अर्जुनबहादुर थापाको अनुमतिमा प्रदेशसभा नियमावली मस्यौदा समितिका अध्यक्ष एवं नेकपा (एमाले) का प्रदेशसभा सदस्य लीलाधर भट्टले ‘प्रदेशसभा नियमावली, २०७४ लाई पारित गरियोस्’ भनी प्रस्ताव गरेका थिए ।

प्रस्तुत प्रस्तावमाथि नेकपा (माओवादी केन्द्र)का महेशदत्त जोशी र नेपाली काँग्रेसका टेकबहादुर रैका आउजीले समर्थन गरेका थिए । प्रस्तावमाथि भएको दफावार छलफमा भाग लिएका काँग्रेसका भरतबहादुर खड्काले प्रस्तुत नियमावलीका तीनवटा बुँदाको विषयमा आफ्नो सुझाव पेश गरेका थिए ।

नियमावलीमा प्रदेशसभाको अधिवेशन आह्वान, अन्त्य, प्रदेशसभा सदस्यको उपस्थिति, आशन ग्रहण, बैठकको अध्यक्षता गर्ने कार्यविधि, शपथ ग्रहण, प्रदेशसभा अन्तर्गतका समितिको विद्येयक पेश गर्ने तरिका, फिर्ता लिने, त्रुटि भए सच्याउने, बैठकका निर्णय गर्ने तरिका, सरकारको नीति कार्यक्रम पेश गर्ने, खर्च कटौतीको प्रस्तावसम्बन्धी व्यवस्था समेटिएका छन् ।

यसअघि बैठक प्रारम्भ हुनासाथ माओवादी केन्द्रकी कुन्ती जोशी, राष्ट्रिय जनता पार्टीका मालामती राना र नेकपा (एमाले)की पूर्णा जोशीले कैलालीको घोडाघोडी नगरपालिकामा बिहीबार २० वर्षीया राधिका चौधरीमाथि बोक्सीको आरोपमा गरिएको दुव्र्यवहारको विरोध गर्दै दोषीमाथि कारबाही र पीडित युवतीको उचित स्वास्थ्योपचारसहित क्षतिपूर्ति उपलब्ध गराउन सदनको ध्यानाकार्षण गराएका थिए ।

प्रदेशसभाको अर्को बैठक सूचना प्रकाशित नभएसम्मका लागि स्थगन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस