३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानले चिकित्सा शिक्षाका लागि सिट संख्यामा वृद्धि गर्ने

अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच नेपाल र पाकिस्तानको सम्बन्ध तथा आपसी हित र चासोका विविध विषयमा आज विचारविमर्श भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री अब्बासीको भ्रमणबाट दुई देशबीचको सम्बन्धलाई थप सुमधुर तुल्याउन योगदान पुग्ने विश्वास व्यक्त गर्दै नेपाल र पाकिस्तानबीच रहिआएको मित्रवत् सम्बन्ध चिरकालपर्यन्त थप सुदृढ तुल्याउँदै लैजानुपर्नेमा जोड दिइन् ।

संविधानसभाबाट नेपालको संविधान जारी भएपछि तीन तहका निर्वाचन सफल भई नयाँ सरकार गठन भएको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपति भण्डारीले अब नेपालले स्थिरता र विकासका पाइला चाल्ने विश्वास व्यक्त गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

‘विश्वका कतिपय मुलुकमा भएका द्वन्द्व र हिंसात्मक घटनाले अमूल्य मानवीय जीवनलाई पीडा दिइरहेको छ, अब यस्ता हिंसात्मक घटना अन्त्य हुनुपर्छ’, राष्ट्रपति भण्डारीलाई उद्धृत गर्दै स्वकीय सचिव अधिकारीले भने ।

सो अवसरमा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले नेपाल र पाकिस्तानबीचको सम्बन्ध राजनीतिक तहमा मात्र नभई जनस्तरमा समेत निकै अनुपम र उदाहरणीय रहेको बताउँदै पाकिस्तानले नेपाललाई चिकित्सा शिक्षाका लागि दिँदै आएको सिट संख्यामा वृद्धि गर्ने जानकारी दिए ।

दुई देशबीचको समस्याले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का गतिविधि र प्रक्रिया प्रभावित हुन नहुनेमा जोड दिँदै पाकिस्तानी प्रधानमन्त्रीले आगामी दिनमा सार्कको भूमिकालाई सशक्त तुल्याउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीले हिंसात्मक घटनाका कारण पाकिस्तानमा निर्दोष सैनिक तथा गैरसैनिकले जीवनको क्षति व्यहोर्नु परेको घटना सुनाएका थिए । सार्कका संस्थापक सदस्य राष्ट्र नेपाल र पाकिस्तानले पछिल्लो समय व्यापार प्रवद्र्धन र सम्पर्क सञ्जाल विस्तारमा जोड दिँदै आएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि उनलाई शुभकामना दिने सिलसिलामा पाकिस्तानका प्रधानमन्त्री अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणको सिलसिलामा सोमबार नेपाल आएका हुन् ।

भेटका अवसरमा अर्थमन्त्री डा युवराज खतिवडा, राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा मदन भट्टराई, राजनीतिक सल्लाहकार सुबोध प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्र पौड्याल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी तथा पाकिस्तानका प्रधानमन्त्री अब्बासीको भ्रमण दलका सदस्य पनि सहभागी थिए । रासस

प्रतिक्रिया दिनुहोस