सगरमाथा आरोहणको तयारीमा रहेका महिला पत्रकारद्वारा प्रचण्डसँग भेट « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सगरमाथा आरोहणको तयारीमा रहेका महिला पत्रकारद्वारा प्रचण्डसँग भेट


२० फाल्गुन २०७४, आइतबार


काठमाडौं । नेपाली मिडियामा कार्यरत पाँच जना महिला पत्रकारहरुले सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आवश्यक सहयोगको पहल गरिदिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अनुरोध गरेका छन् ।

अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर उनीहरुले सगरमाथा आरोहणको इतिहासमा नै नयाँ कीर्तिमान राख्ने किसिमले आरोहण गर्न गइरहेको जनाउँदै आवश्यक सहयोगका लागि अनुरोध गरेका हुन् ।

‘फस्ट वुमेन जर्नालिष्ट्स एभरेष्ट एक्सपेडिसन २०१८’ अभियान अन्तर्गत आउँदो अप्रिलमा सगरमाथा आरोहणको तयारीमा रहेको महिला पत्रकारहरुको समूहले सरकारबाट रोयल्टी छूटदेखि अन्य सहयोगका लागि अनुरोध गरेका छन् । नेपाल टेलिभिजनमा कार्यरत रोजिता बुद्वाचार्य नेतृत्वको टोलीले प्रचण्डलाई उक्त आग्रह गरेको हो ।

प्रचण्डले पत्रकारितामा संलग्न महिला पत्रकारहरुको सगरमाथा आरोहणले महिलाहरुको सशक्तिकरणदेखि अन्य क्षेत्रमा समेत उर्जा प्रवाह हुने बताए । प्रचण्डले युवा उमेरमा सगरमाथाको आरोहण जस्तो चुनौतीपूर्ण काम गर्न खोजेकोमा अग्रीम बधाई दिँदै सरकार र पार्टीका तर्फबाट आवश्यक सहयोगका लागि पहल गर्ने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस