नेपाल र नेपालीको मुहारमा खुशीयाली ल्याउने महाअभियान सुरु गर्ने– प्रधानमन्त्री ओली « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाल र नेपालीको मुहारमा खुशीयाली ल्याउने महाअभियान सुरु गर्ने– प्रधानमन्त्री ओली


७ फाल्गुन २०७४, सोमबार


Nepal Telecom

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीको मुहारमा खुशीयाली ल्याउने महाअभियान सुरु गर्ने उद्घोष गरेका छन् ।

६८औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा टुडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उक्त कुरा बताएका हुन् ।

‘समय सापेक्ष संविधानको कार्यान्वयन निरपेक्ष विकासबाट सम्भव छैन’ ओलीले भने, अव जनताको चाहना बमोजिम युग सापेक्ष विकास र विकास सापेक्ष नीति एवं कार्यक्रम ल्यायर नेपाल र नेपालीको मुहारमा खुशीयाली ल्याउने छौं ।’

राजनीतिक परिवर्तनको युगबाट मुलुक आर्थिक परिवर्तन, समृद्धि, सुशासन र सामाजिक न्यायको परिवर्तनमा जुटि सकेकाल सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका छन् ।

नेपाली जनताले युगौंदेखि साचेका सपनाको वैधानिक र वैज्ञानिक रुपान्तरण गर्ने सुवर्ण अवसर प्राप्त भएको र यस अवसरमा प्राप्त ऐतिहासिक अभिभारा पूरा गर्न समयमै स्रोत र साधनलाई परिचालन गरी नेपाल र नेपाली जनताको बृहत्तर हित र समृद्धिका लागि सबैले आ–आफ्नो ठाउँबाट जुट्नु पर्ने उनले बताए ।

‘संविधान निर्माण भएर कार्यान्वयन हुनुका साथै तीनै तहको निर्वाचन सम्पन्न भई प्रत्येक तहका सरकार गठनको चरणमा हामी प्रवेश गरेका छौं’ ओलीले भने, ‘नेपाली जनताले लामो समयदेखी अपेक्षा गरिरहेको राजनैतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको छ ।’ ओलीले जनताका ति चाहनालाई मुर्त रुप दिन आफु नेतृत्वको सरकार सदा तल्लीन रहने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस