२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले–माओवादी एकता बैठकः प्रधानमन्त्रीका लागि तत्काल दाबी गर्ने

अ+ अ-

काठमाडौं । एकता प्रक्रिया खाकालाई निष्कर्षमा पुर्याउन बसेको नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकता संयोजन समितिको बैठकले नयाँ प्रधानमन्त्री चयनका लागि तत्काल राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने सहमति गरेको छ ।

एकता प्रक्रियाको ठोस खाकामा बुँदागत सहमति आउने अपेक्षा गरिएको सो बैठकले त्यसबारेमा बिहीबार निर्णय गर्ने समझदारी गरेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष आजै बुझाउने भएकाले अब आफूहरुले तत्काल सरकार गठन प्रक्रिया अघि बढाउनेमा कुनै दुविधा नभएको संयोजन समितिका सदस्य एवं केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

तत्काल सरकार बनाएर बहुदलीय प्रतिस्पर्धाका आधारमा मुलुकलाई आर्थिक सामाजिक रुपान्तरणका काममा मुलुकलाई अघि बढाउन ढिला भइसकेकाले नयाँ सरकार चाँडै बन्ने उनले बताए ।

एकता बैठकअघिको एमाले स्थायी कमिटीको बैठकले आफ्ना अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरिसकेको सन्दर्भमा एकता प्रक्रियालाई पनि तीव्रता दिन दुई दलले निर्णायक वार्ता गरेका हुन् ।

ललितपुरको मानभवनस्थित एक घरमा बसेको बैठकले दुई पार्टीका अध्यक्षहरु ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको वार्ता र गृहकार्यको बिफ्रिङ भई गम्भीरतापूर्वक छलफल भएको तर केही विषयमा टुङ्गो लगाउन पुनः बैठक बस्ने नेताहरुले बताए ।

“कुरा नमिलेर होइन, आज सकारात्मक र गम्भीर कुरा भएको छ, समग्र विषयलाई टुङ्गो लगाउन आजकै छलफललाई निरन्तरता दिन बिहीबार बैठक बस्नेछ”–नेता श्रेष्ठले भने ।

संयोजन समितिका सदस्य एमाले वरिष्ठ नेता झलनाथ खनालले छलफल जारी रहेकाले निष्कर्ष बाहिर ल्याउन नसकिएको बताए तर उनले थप प्रतिक्रिया दिन चाहेनन् । दुई पार्टीबीच प्रधानमन्त्री र पार्टी अध्यक्षमा आलोपालो वा कसरी कार्यविभाजन गर्ने तथा वैचारिक राजनीतिक सिद्धान्तमा थप छलफल हुँदै आएको छ ।

संगठन र विचारसम्बन्धी कार्यदल बन्ने

आजको बैठकमा पार्टी एकताका लागि संगठनात्मक र वैचारिकसम्बन्धी दुई अलगअलग कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको समितिका सदस्य एमाले उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए ।

उनले कार्यदलका सदस्यहरुका नाम बिहीबार तय हुने जनाउँदै भने, “एकताको खाकाबारे ९५ प्रतिशत मिलिसकेको छ, ५ प्रतिशत मिलाउन पुनः बस्ने तय भएको हो, अब एकता हुने भन्नेमा कुनै विवाद छैन ।” दुई पार्टीबीच निर्वाचनअघि गत असोज १७ मा पार्टी एकता गर्ने घोषणासहित चुनावी तालमेल भएको थियो ।

प्रतिक्रिया दिनुहोस