४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तेत्तीस लाखसहित छ जुवाडे पक्राउ

अ+ अ-

सुर्खेत । सुर्खेत प्रहरीले ३३ लाखसहित छजना जुवाडेलाई बुधबार बेलुका पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको टोलीले गणेशचोकमा जुवा खेल्दै गरेका वीरेन्द्रनगर–१ बाङ्गेसिमलका ज्ञानेन्द्रबहादुर विश्वकर्मा, वीरेन्द्रनगर–३ का टीका वली तथा ज्ञानेन्द्र नेपाली, वीरेन्द्रनगर–६ का दुर्गाप्रसाद सापकोटा तथा भद्रबहादुर क्षेत्री र सवीर मियाँलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार गणेशचोकस्थित नेपाल प्रहरीका भूतपूर्व असई भद्रबहादुर क्षेत्रीको घरमा जुवा खेलिरहेको अवस्थामा छ लाख ४९ हजार ५६० नगद र २६ लाख ७५ हजारका चेकसहित उनीहरू पक्राउ परेका हुन् ।

प्रहरीले जुवाको खालबाट २६ लाख ७५ हजारको चेक पनि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीका अनुसार कबाडीको ठेक्कापट्टा गर्ने बाराका सवीर मियाँको नाममा काटिएको गणेशजल सहकारीको १० हजार र दुर्गाप्रसाद सापकोटाका नाममा काटिएका चार वटा चेक बरामद भएका छन् ।

सापकोटाका नामका ग्लोवल आइएमई बैंकको पाँच लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको १०–१० लाखका दुई चेक र सानिमा बैंकको एक लाख ६५ हजारको चेक बरामद गरिएको प्रनाउ चौधरीले जानकारी दिए ।

‘ठाउँ परिवर्तन गर्दै खेल्ने गरेको सूचना हामीलाई प्राप्त भएको थियो’, प्रहरी निरीक्षक शंकर श्रेष्ठले भने, ‘निरन्तरको मेहनतपछि पक्राउ गर्न सफल भयौँ ।’ प्रहरीका अनुसार यो समूह जुवा खेल्नका लागि वीरेन्द्रनगर नजिकैको जंगलमा पनि पुग्ने गरेको थियो । केही दिनअघि उत्तरी जलाधार क्षेत्रभित्रको जंगलमा जुवा खेलिरहेको सूचना पाएपछि गएको प्रहरी टोलीले तास र मदिरामात्रै फेला पारेर फर्केको थियो ।

‘हामी नपुग्दै उनीहरुसम्म सूचना पुगिसक्ने भएकाले पक्राउ गर्न सकिरहेका थिएनौँ’, प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘यो पटक भने सफलता हात पर्यो ।’ रासस

प्रतिक्रिया दिनुहोस