२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेस प्रतिपक्षमा बस्छ : नेता खाँण

अ+ अ-

चितवन । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले कांग्रेस अब बन्ने सरकारमा प्रतिपक्षमा बस्ने बताएका छन् ।

नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस सरकारमा जाने कुनै योजना नरहेको बताए ।

उनले भने, ‘कुनै नेताले व्यक्तिगत रुपमा भन्ने कुरा अलग हो, पार्टीको सरकारमा जाने योजना छैन ।’

उनले थप्नुभयो, ‘पार्टीको आधिकारिक धारणा प्रतिपक्षमा बस्ने हो, सरकारले के कस्ता नीति तथा कार्यक्रम ल्याउँछ, त्यसमा आधारित भएर रचनात्मक सहयोग गर्छौंं ।’ उनले कांग्रेसको सिटको संख्या घटेकाले सरकार निर्माणका लागि जनादेश नभएको पनि बताए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तालमेल गरेर निर्वाचनमा गएको भन्दै उनले उनीहरुकै बहुमत भएकाले कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषय उहाँहरुकै विषय भएको पनि बताए ।

आउँदो निर्वाचनसम्ममा कांग्रेसलाई पहिलो पार्टी बनाउने भन्दै उनले त्यसैका लागि कांग्रेस गृहकार्यमा लाग्ने बताए । पार्टीभित्रका गुट उपगुटको अन्त्य गर्दै पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने पनि उनले बताए ।

अर्को एक प्रश्नमा उनले नेतृत्व परिवर्तनले पार्टीमा किचलो बढ्न सक्ने भन्दै पार्टीको ढाँचा परिवर्तन गरी प्रादेशिक संगठन बनाउनु पर्ने बताए ।

सरकारले जनताका अपेक्षाअनुसारका निर्णय गरेको भन्दै अब बन्ने सरकारले यसलाई के गर्छ भन्ने विषय उसैको सरोकारको विषय भएको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस