३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेस्तोल देखाएर लुटपाट

अ+ अ-

भक्तपुर । भक्तपुर सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा गएराति हतियारधारी समूहले एक परिवारलाई कब्जामा लिएर लुटपाट गरेका छन् ।

काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सिपाडोल बस्दै आएका कुखुरा व्यवसायी रामबहादुर तामाङको परिवारलाई पेस्तोल देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले घटनापछि बिहान ४ः३० बजे खबर आएलगत्तै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको जानकारी दिए ।

दश जनाको नकाबधारीले समूहले राति करिब २ः३० बजे लामा बस्दै आएको घरको पर्खाल नाघेर कम्पाउण्डमा प्रवेश गरी मुख्य ढोकाको भेन्टिलेटरको सिसा फुटाएर हात छिराइ ढोकाको चुकुल खोलेरभित्र पसेको प्रारिम्भक अनुसन्धानमा खुलेको उनले जानकारी दिए ।

प्रहरीका अनुसार नकाबधारी समूहलेभित्र पसेर रिभल्वर देखाउँदै घरका १० जनाको परिवारको मोबाइल खोसेर सबैलाई डोरीले बाधेर लुटपाट गरेका हुन् । अनुसन्धानबाट लुटेराले १० वटा मोबाइल, एक मोटरसाइकल, करिब १८ तोला सुन, नगद एक लाख ६२ हजार लगायत १४ लाख भन्दा बढीको धनमाल लुटपाट गरेको खुलेको प्रहरीको भनाइ छ ।

पीडित लामाका अनुसार नकाबधारी समूहमा आएकाले एक जनाले पेस्तोल देखाएको, एक जनाले पेस्तोल बोकेको र अन्यले खुकुरी, रडलगायतका घरेलु हतियार लिएका थिए ।

हतियार देखाएर परिवारका सबैलाई कब्जामा लिई शुरुमै सबैको मोबाइल लिई हातखुट्टा बाँधेर आतंकित बनाएर लुटपाट गरेको उनको भनाइ छ । लामाले भने, “आमासहित सबै परिवारलाई नियन्त्रणमा लिए, मलाई आमालाई केही गर्लान भन्ने डर लाग्यो, मेरो आमालाई केही नगर, के चाहिन्छ लैजाऊ भनेपछि नगद, गहना, मोबाइल सबै लगे, मेरो होस् नै उड्यो ।”

लुटेरा समूह मध्येका एकले जाने बेलामा लामाको छोराको गालामा म्वाइ खाएर सुमसुम्याएर गएको बताउँदै प्रहरीले लुटेरा समूहमा लामासँग चिनजान भएका, घरमा आउने जाने गर्ने, ढोकाको चुकुल कहाँ छ भन्ने जानकारी पाएकै व्यक्ति भएको हुनसक्ने अनुमान गरेको छ ।

प्रहरीले चौतर्फी लुटेरा समूहको खोजी गर्दै अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक प्रसाईंले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस