३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी अभावमा इलाका प्रशासनको सेवा बन्द

अ+ अ-

नुवाकोट । इलाका प्रशासन कार्यालय, सातबिसेबाट प्रवाह हुने सेवा कर्मचारी अभावमा बन्द भएको छ ।

इलाका प्रशासन कार्यालयमा अधिकृत प्रमुख रहने दरबन्दी भए पनि पदपूर्ति नहुँदा काजमा रहेका नायब सुब्बाको कार्यकाल पूरा भएपछि सोमबारदेखि सेवा बन्द भएको हो । जिल्लाको दुर्गम क्षेत्रमा पर्ने दुप्चेश्वर गाउँपालिकाका सबै वडा, तादी गाउँपालिका–१, २, ३ र ४ तथा पञ्चकन्या गाउँपालिका–३ र ४ गरी १३ वडाका नागरिकलाई सेवा दिँदै आएको इलाका प्रशासन कार्यालय कर्मचारी अभावले बन्द भएको हो ।

प्रमुख नहुँदा इलाका कार्यालयबाट प्रवाह हुँदै आएको नागरिकताको प्रमाणपत्र, नाबालक परिचय पत्र, आदिवासी–जनजाति सिफारिश, प्रमाणित सिफारिश लगायतको काम लिन नागरिक बिदुर आउन बाध्य भएका छन् । इलाका प्रशासन कार्यालयको सेवा बन्द हुँदा दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदी, गाउँखर्क, बेतिनी लगायतबाट १८ कोसभन्दा बढी पर्ने दुई दिनको दूरी पार गरी विदुरस्थित जिल्ला प्रशासन कार्यालय धाउन बाध्य भएका छन् ।

निमित्त प्रमुख ऋषेश्वर न्यौपानेको काज अवधि पूरा भएर प्रशासन कार्यालयमा फर्किएपछि इलाका कार्यालयमा सहयोगी मात्र रहेका छन् । कर्मचारी नभएको जानकारी नहुँदा इलाका कार्यालय पुगेका सेवाग्राही जिल्लास्थित कार्यालयमा जान बाध्य हुँदै आएका छन् ।

इलाका कार्यालयका लागि अधिकृतको दरबन्दी भए पनि गृह मन्त्रालयबाट पदपूर्ति नहुँदा केही दिन सेवा बन्द हुन पुगेकाले सामान्य रुपमा लिनुपर्ने प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए । “केन्द्रबाट समयमै कर्मचारी व्यवस्थापन नभएकाले जिल्लाबाट अर्को व्यवस्थापनको तयारीमा लागेका छौँ,” प्रजिअ यादवले भने, “अवरुद्ध भएको सेवा अर्को सातासम्ममा सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।”

जिल्ला प्रशासन कार्यालयमा दुईजना अधिकृत कार्यरत भएकाले कुनै एकजनालाई पठाउन गृहबाट अनुमति लिनु नपर्ने भएपनि त्यसतर्फ प्रशासन कार्यालयले बेवास्ता गरेको सेवाग्राहीको गुनासो छ । रासस

प्रतिक्रिया दिनुहोस