३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिनी ट्रक दुर्घटनामा एकको मृत्यु, तीनको अवस्था गम्भीर

अ+ अ-

नुवाकोट । पासाङल्हामु सडकखण्डअन्तर्गत बेलकोटगढी नगरपालिका–११ अमारेमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन् । ककनीबाट आइतबार साँझ बट्टारतर्फ आउँदै गरेको ना.२ क ५३७५ नंं.को मिनी ट्रक दुर्घटना हुँदा बेलकोटगढी–१३ का आशिष तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका १७ वर्षीय तामाङलाई उपचारका लागि काठमाडौंतर्फ लैजाँदै गर्दा बीच बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । शवपरीक्षणका लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ ।

दुर्घटनामा गाडी चालक ककनी गाउँपालिका–४ का २५ वर्षीय कुमार तामाङ, सोही स्थानका १७ वर्षीय किरण लामा र सहचालक किस्पाङ गाउँपालिकाको १७ वर्षीय कुमार तामाङ घाइते भएकाले ग्रिन सिटी अस्पताल काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रनाउ रेग्मीका अनुसार उनीहरुको अवस्था गम्भीर छ ।

निर्माण सामग्री लिन बट्टार आउँदै गरेको मिनी ट्रक तीव्र गतिमा भएकाले असन्तुलित भई दुर्घटना हुँदा सडकबाट ८० मिटर तल पुगेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस