२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रानीपोखरीको पुनःनिर्माण प्रतिवेदन पेश गर्न सर्वोच्चको आदेश

अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले रानीपोखरीको मौलिकता नबिग्रने गरी पुनःनिर्माण भइरहेको प्रतिवेदन प्रत्येक महिना पेश गर्न आदेश दिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको संयुक्त इजलासले रानीपोखरीको मौलिकता नबिग्रने गरी पुनःनिर्माण भए नभएको प्रतिवेदन पेश गर्न गराउन सरकारका नाममा मंगलबार आदेश दिएको हो ।

आदेशमा ऐतिहासिक र पुरातात्विक महत्वको रानीपोखरीको मौलिकता नबिग्रने गरी पुनःनिर्र्माण भइरहेको प्रतिवेदन अर्को आदेश नआएसम्म प्रत्येक महिना लिखित जवाफसहित पेश गर्न भनिएको छ ।

आदेशमा भनिएको छ, ‘रानीपोखरी पुनःनिर्माणको कार्यमा पुरातत्व विभागको गत पुस ५ गतेको पत्रअनुसार सो पोखरी सार्वजनिक महत्वको भएको हुँदा आधुनिक सामग्री नभई परम्परागत शैलीमा निर्माण गर्न लागेको हुँदा अन्तरिम आदेश जारी गर्न परेन ।’

रानीपोखरीको निर्माण गर्दा परम्परागत नभई आधुनिक सामग्रीको प्रयोग गरेर मौलिकता नष्ट गर्न लागेको हुँदा रोक्नका लागि आदेशको माग गर्दै अधिवक्ता दीपक मिश्रले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

सोही निवेदनमाथिको सुनुवाइपछि सर्वोच्च अदालतले सो आदेश जारी गरेको हो । महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणका बारेमा गठन गरेको विज्ञ समितिले आज नै मल्लकालीन शैलीमै रानीपोखरी निर्माण गर्न सुझावसमेत दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस