२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाग्मती सफाइमा प्रश्न चिन्ह ! महाअभियानले २४५ हप्ता पार गर्दा मुहानमै कालो पानी

अ+ अ-

काठमाडौँ । वाग्मती सफाइ महाअभियानले २४५ हप्ता पार गरे पनि नदीको मुहानस्थलमै ढल हाल्ने क्रम भने अझै रोकिएको छैन ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको वाग्द्वारबाट बग्ने वाग्मती गोकर्णेश्वर नगरपालिका–१ मा आएपछि फोहर मिसिन शुरु हुन्छ । निकुञ्जभित्रै नगरपालिका पाँच बस्ती छन् । यी बस्तीको फोहर सिधै वाग्मतीमा जान्छ । यो अझै रोकिएको छैन । बस्तीमुनि उपत्यकामा ल्याइएको पानीको मुहान छ । बस्तीको कारण मुहान पनि फोहर बन्ने गरेको छ ।

नगरपालिका–१ मा निर्वाचित अध्यक्ष राम मानन्धरले नदी र पानीको मुहान सफा राख्ने हो भने यहाँको बस्तीलाई अन्यत्र सार्न गम्भीररुपमा काम गर्न अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलाई अनुरोध गरिएको सुनाए।

सुन्दरीजल क्षेत्रदेखि नदी किनारको दायाँबायाँ फाँटमा स्थापना गरिएका सुँगुर र बंगुरपालनका कारण नदीमा फोहर मिसिएको छ । फार्मको फोहर नदीमा पठाउन सजिलो हुने गरी फार्म खोलिएको प्रष्ट देखिए पनि अधिकार सम्पन्न वाग्मती समितिले अनुगमन गर्न सकेको छैन ।

नगरपालिका–४ को नदी किनारमा पनि सुँगुर बंगुर फार्म पालिनुका साथै ढल सिधै नदी किनारमा हालिएको छ । ४ नं वडाका अध्यक्ष श्रीकुमार श्रेष्ठ ढल सिधै हाल्ने र नदी किनारमा फोहर बढाउने गतिविधि गर्दा मुहान क्षेत्रकै नदीको पानी कालो बनेको बताउँछन् ।

“यहीँ कालो पानी बगेको तस्वीर खिचेर अधिकार सम्पन्न वाग्मती समितिमा दिए पनि केही काम भएको छैन”– उनले भने । समितिका आयोजना प्रमुख आशिष घिमिरे भने कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुखसँग नदी सफाइ अभियानमा सहयोगको माग गर्दै पटकपटक बैठक गरे पनि समन्वय हुन नसकेको स्वीकार्छन्।

उपत्यकाबाट ३२ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४५ औँ हप्तामा मनोहरा दोभान क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

वाग्मती सफाइका प्रमुख अभियन्ता एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, जीवन विज्ञानका एलपी भानू शर्मालगायत ४५० अभियन्ताको सहभागिता रहेको अभियन्ता माला खरेलले जानकारी दिए ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको २०६ औँ हप्तामा गोठाटार पुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा पुडासैनी मैत्री समाज, राम्रो जोरपाटी, हाम्रो जोरपाटीलगायत संस्थाका १५० भन्दा बढी अभियन्ताले सहभागिता जनाएको अभियन्ता उत्तम पुडासैनीले बताए ।

वाग्मती प्रदूषण भएकाले आज पनि यस क्षेत्रको नदी किनारमा असली जातका माछा मरेको फेला पारिएको उनले सुनाए। वाग्मतीको तिलगंगा क्षेत्रको १५१ औँ हप्ताको सफाइका क्रममा आँखा अस्पताल वरपर जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरी घर र पसलबाट निस्किएको फोहर नदीमा नफाल्न आग्रह गरिएको अभियन्ता आशा पाण्डेले बताउनुभयो । अर्को हप्तादेखि नदीमा फोहर फाल्नेलाई कारबाही गरिने उनले सुनाए ।

रुद्रमती सफाइको २०० औँ हप्तामा रातोपुल–ज्ञानेश्वर–कमलपोखरी –डिल्लीबजार–शास्त्रीमार्ग हुँदै मैतीदेवी मन्दिरसम्म जनचेतनामूलक ¥यालीसहित सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए। सफाइका क्रममा एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा रुद्रमती सफाइ अभियानका संयोजक एवं पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीलगायत २५० भन्दा बढी अभियन्ताको सक्रियता थियो ।

सफाइले २०० हप्ता पार गरेको उपलक्षयमा माघ १३ गते शनिबार बूढानीलकण्ठदेखि वाग्मती दोभानसम्म १० स्थानमा नदीभित्रै पसेर सफाइ गरिने तयारी गरिएको छ ।

चक्रपथको सफाइको ४१ औँ हप्तामा अस्पतालदेखि उत्तर पश्चिम सुकेधारा चोकसम्म सफाइ गरी १५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

सफाइमा सर्वसाधारण, प्रहरी, सेना, सफाइ अभियन्ता संघ संस्थासहित ३५० को सहभागिता थियो । सफाइमा पूर्वप्रधान सेनापति रुक्माङ्गत कटुवालको पनि सहभागिता रहेको अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए ।

महानगरपालिकाको सहयोगमा चक्रपथको दायाँबायाँ भागमा पार्किङ गरिएका बेबारिसे सवारीसाधन उठाइएको अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए ।

आलोकनगर सफाइको ४१ औँ हप्तामा मीनभवन क्षेत्रको घर दैलो सफाइ गर्दै जनचेतनामूलक ¥यालीसहित वाग्मती मनहरा दोभानमा सहभागिता जनाइएको अभियन्ता प्रमिला पौडेलले जानकारी दिइन् ।

चक्रपथको बाफलखण्ड सफाइको २३ औँ हप्तामा स्यूचाटारदेखि सीतापाइलाचोकसम्म सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक ताराबहादुर कुँवरले बताए।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानले हाल देशव्यापी जागरणको अभियान लिएको छ । जागरणस्वरुप देशका ४५ भन्दा बढी स्थानमा नदी, शहर र बजार सफाइ अभियान शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस